बबनले मञ्चबाटै गच्छदारको भण्डाफोर गर्दा…


करिव एक घण्टा मञ्चमा बोलेका मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छेदारले मधेसी, मुस्लिम, थारु लगायतलाई उपेक्षा गरेको भन्दै खुवै आक्रोश पोखे । उनको भाषण सुन्दा लाग्दथ्यो मधेसी, मुस्लिम र अल्पसंख्यक वास्तवविक प्रतिनिधि त यीनै हुन् ।
तर, उनको त्यो क्रेज ३० मिनेट पनि टिकेन जव स्वतन्त्र सभासद् बबन सिंह रोष्ट्रममा पुगे । प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका बबन सिंहले गच्छदारको करिव एक घण्टा लामो भाषणलाई ५ मिनेटमा पानीमा मिलाइदिए ।
उनले गच्छदारले विदेशीको इशारामा प्रधानमन्त्रीको उम्मेदवारी दिएको आरोप लगाए । ‘गच्छदारजी लोकतन्त्रको ठेकेदार होइन । म चेतावनी दिन चाहन्छु, तपाई मधेसका नाममा जनतालाई नठग्नुस ।’ मधेस आन्दोलनका क्रममा आन्दोलनकारीलाई गोली हान्न आदेश दिने गच्छदारले आफुलाई मधेसी भन्नु गज्जास्पद भएको बबनको भनाई थियो । उनले भने-’मधेस आन्दोलनताका गच्छदारजी आन्दोलनकारी टाउकोमा गोली हान्न आदेश दिनेमा हुनुहुन्छ । मधेसको आन्दोलनमा त उपेन्द्र यादवले नेतृत्व गर्नु भएको हो ।’ उनले गच्छदारले शान्ति र संविधानका लागि नभई पदका लागि पार्टी फुटाएको आरोप लगाए । गृहमन्त्री बन्ने आफ्नो सपना चकनाचूर भएपछि गच्छदार आगो भएको भन्दै उनले नयाँ सरकारमा गच्छदारलाई कुनै एक मन्त्री पद दिन एमाले माओवादी गठवन्धनलाई ब्यङ्ग्यमिश्रति आग्रह गरे ।
हिन्दीमा भाषण गरेका बबनले सभामुखले दिएको निर्धारित ५ मिनेटभित्रै आफ्नो मन्तब्य टुंगाए । स्वतन्त्र सभासद् बबनले भाषण गरिरहंदा सयौं सभासद्ले ताली बजाइरहेका थिए ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...