सदरमुकाम फुङलिङमा आपूर्ति हुँदै आएको बिजुलीको तार देवलिंगे १ का बासिन्दाले काटेर अवरोध पुर्याएका छन् । हाङपाङको सोभुवा खोलाबाट उत्पादित विद्युत् दोभान, देवलिंगे, मेदिबुङ हेलिप्याड हुँदै सदरमुकाम पुर्याइएको छ ।
![]() |
| बिजुली बाल्न नपाएको झ्वाँकमा सोभुवा खोलामा उत्पादित विद्युत्को लाइन काटेर पुर्याइएको क्षति । |
आफ्ना बारीमा पोल गाडेर लगेपछि आफूहरूले पनि विद्युत् उपभोग गर्न पाउनुपर्ने माग गर्दै आएका स्थानीयवासीले पोलका दुई वटा तार काट्नुका साथै दुईवटा हरिया बाँस लडाएर अवरोध पुर्याएका हुन् । अघिल्लो वर्ष पनि अवरोध पुर्याएका स्थानीयवासी विद्युत् उपभोक्ता संस्थाले आफूहरूलाई भदौदेखि नै विद्युत् उपभोग गर्न दिने भने पनि नदिएका कारण अवरोध पुर्याएको बताउँछन् ।
कालो तार टाँगेर (टाइपलाइन) आफूखुसी बाल्न थालेका बासिन्दाको उपभोक्ता संस्थाले दुई दिनअघि कालो तार काटिदिएको थियो । टाइपलाइन काटिएपछि आक्रोशित बनेर तार काटेको उनीहरूको दाबी छ ।
एक सय २५ किलोवाट विद्युत् उत्पादन हुँदै आएको सोभुवा खोलाको विद्युत् अहिले ५० किलोवाट उत्पादन हुँदै आएको छ । यसले धान्न नसक्ने भएपछि देवलिंगे क्षेत्रमा विस्तार गर्न नसकिएको उपभोक्ता संस्थाको दाबी छ ।
स्टेसन मेनेजर विष्णु खतिवडाका अनुसार सोभुवा खोलाबाट २ वाट उत्पादन भइरहेकाले उक्त विद्युत् उत्पादन भएपछि वितरण गर्ने भनिए पनि नमानेपछि अवैधानिक रूपले लगिएको टाइपलाइन काटिएको हो ।
मुख्य लाइन काट्नु सार्वजनिक अपराध भएकाले लाइन काट्नेलाई सार्वजनिक अपराध ऐनअन्तर्गत प्रशासन कार्यालयमार्फत मुद्दा चलाइने पनि खतिवडाले बताएका छन् ।
Source:- Ekantipur


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...