विर्तामोड १२ फागुन ।
डिजिटल नम्बर प्लेट प्रयोग गरिएका सवारी साधनलाई कारबाही शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले झापाका विभिन्न स्थानका ८ सय बढी सवारी साधनलाई कारबाही गरेको छ ।
रातको समयमा दुर्घटना बढी हुने र दुर्घटनापछि सवारी साधन भाग्ने गरेका छन् । सवारी साधनमा प्रयोग गरीएको डिजिटल नम्बर प्लेटका कारण सवारी साधनको पहिचान खुल्न नसकिरहेको अवस्थामा ट्राफिक प्रहरीले चालेको यो कदम निकै स्रहानिय छ ।
सवारी नियम अनुसार कारबाही प्रकृया अघि बढाएको ट्राफिकले डिजिटल प्रयोग गरिएका सवारी साधन चालकको चालक अनुमति पत्र (लाइसेन्स) खोसी २४ घण्टाभित्र नम्बर फेर्न आग्रह गर्ने गरेको छ ।
झापाका बेग्लाबेग्लै स्थानमा बुधबार गरिएको सर्च अभियानका क्रममा डिजिटल नम्बर प्लेट प्रयोग गरिएका मोटरसाइकल र निजी नम्बर प्लेटका ट्याक्सी सहित गरी अढाइसय लाइसेन्स नियन्त्रणमा लिइएको छ ।
सवारी दुर्घटना न्युनिकरण गर्दै सवारी ऐन कार्यान्वयनका लागि विभिन्न चेतनामूलक तथा दवावमूलक कार्यक्रम गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय छतमा यात्रु राख्ने र डिजिटल नम्बर प्लेट प्रयोग गरिएका सवारी साधनलाई कारबाही गर्दै आएको छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...