चिकित्सकद्वारा बिरामी छात्रालाई यौन दुव्र्यवहार


नर्सिङ पढ्दै गरेकी छात्रा बिरामी भएर अस्पतालमा उपचार गराउन आएका वेला उनकै शिक्षक एवं चिकित्सकले यौन दुव्र्यवहार गरेका छन् । विराटनगरस्थित विराट हेल्थ कलेजकी छात्रालाई सोही कलेजका शिक्षक एवं विराट नर्सिङ होममा कार्यरत डाक्टर सुदीप सिंहले दुव्र्यवहार गरेका हुन् ।
तल्लोपेट दुखेपछि विराटनगरकी ती छात्रा साथीहरूका साथ उपचार गराउन विराटनगरको मुनालपथस्थित विराट नर्सिङहोममा आएकी थिइन् । चारजना साथी लिएर मंगलबार बिहान साढे पाँच बजे नै नर्सिङहोममा पुगेकी उनलाई एक्लै भएको मौका छोपेर डाक्टर सिंहले बलात्कार गर्ने नियत देखाएका थिए । अस्पतालको आकस्मिक कक्षको ड्युटीमा रहेका चिकित्सक सुदीप सिंहले जाँच गर्ने बहानामा साथीहरूलाई बाहिर निकाली गोप्य अंगहरू छाम्दै बिरामीलाई हतोत्साहित गरेका थिए ।
बिहानको जाँचपछि सामान्य औषधि लेखेर पुनः १० बजे अस्पतालको ड्युटीमा आएका चिकित्सक सिंहले क्याबिनमा रिफर गरिएकी छात्राका अन्य साथीहरूलाई बाहिर निकाले । 'इमर्जेन्सीमा रहेको वेला त्यस्तो गर्‍यो,' पीडित छात्राले भनिन्, 'क्याबिनमा पुगेपछि पनि साथीहरूलाई बाहिर पठाएर संवेदनशील अंगमा हात पुर्‍यायो । प्रतिकार गर्न खोज्दा नर्सिङको विद्यार्थी भएर पनि लजाउने भन्दै जबर्जस्ती पाइन्टको बटम खोल्यो । त्यसपछि पछाडि ढाडको बटमसमेत खोल्न खोजेपछि भने मैले प्रतिकार गरेँ ।'
चिकित्सकले इमर्जेन्सी कक्षमै जाँच गर्दा दुव्र्यवहार गरेको थाहा पाएपछि उनका चारजना साथीहरू क्याबिनबाट बाहिर निस्कन मानेका थिएनन् । 'हामीले बिरामीको कुरुवा बस्नुपर्छ भनेर निस्कन नमान्दा गाली गरेर निकाल्यो,' छात्रा सन्जु अधिकारीले भनिन् ।
पीडित छात्राले अस्पतालबाटै सो घटनाका बारेमा आप\mनो कलेजकी पि्रन्सिपल र अभिभावकलाई जानकारी गराएकी थिइन् । पि्रन्सिपल र अभिभावकको सल्लाहअनुसार उनले जिल्ला प्रहरी कार्यालयमा चिकित्सक सिंहविरुद्ध बुधबार उजुरी दर्ता गराएकी छिन् ।
अन्य चेलीहरूलाई पनि भोलि यस्तो व्यवहार हुनसक्ने भएकाले कानुनी कारबाहीका लागि उजुरी हालिएको पीडित छात्राका काका ताराहाङ लिम्बूले बताए ।
कलेजकी पि्रन्सिपल बबिता अधिकारीले डा. सिंह कलेजमा पार्टटाइमरका रूपमा राखिएको बताइन् । 'उनले गल्ती गरेको हो भने छाड्न हुँदैन,' पि्रन्सिपल अधिकारीले भनिन्, 'यसअघि पनि अरू चेलीलाई यस्तो गरेको हुनसक्छ ।'
डाक्टर सिंह विराट नर्सिङ होममा आधिकारिक रूपमा कार्यरत भएकाले उनलाई त्यहीँबाट कारबाही हुने उनले बताइन् । चिकित्सक सिंह भने यो समाचार तयार पार्दासम्म सम्पर्कविहीन छन् । उनको मोबाइल नम्बरमा सम्पर्क गर्दा फोन उठाएनन् । यता जिल्ला प्रहरी कार्यालयले पीडितको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरी कारबाही अगाडि बढाउने जनाएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...