प्रहरीको दमनबाट ५ को मृत्यु, बुधबारदेखि गोर्खाल्याण बन्द

सिलिगुडी, २५ माघ / गोर्खा जनमुक्ति मोर्चाको शान्तिपुर्ण आन्दोलनमा प्रहरीको गोलीवाट कम्तीमा पाच जना मोर्चा समर्थकको मंगलवार मृत्यु भएको छ । मृत्यु हुनेमा कालिम्पोङ निवासी २२ वर्षीया निता खवास, डुवर्सको जलढाका निवासी सोही उमेरका राधा गुरुङ, विमला राई र वाङ्दी लामा छन् । राज्यको प्रहरीले भने घटनामा विमला राई र विकी लामाको मात्रै मृत्यु भएको दावी गरेको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको मोर्चाका महासचिव हर्क क्ष्ँेत्रीले जानकारी दिए । क्ष्ँेत्रीले घटनामा दर्जनौलाई गोली लागेका कारण मृत्यु हुनेको संख्या वढ्न सक्ने बताए ।  
वंगाल सरकारले केही दिनदेखि डुवर्समा मोर्चाको आन्दोलन दमन गर्न केन्द्रीय अर्धसैनिक वल (सीआरपीएफ) परिचालन गरेको छ । मोर्चाले आन्दोलनका कार्यक्रम डुवर्समा केन्द्रीत गरेपछि सीआरपीएफ त्यता तैनाथ गरिएको हो । 
डुवर्सको नेपालीभाषि वाहुल क्ष्ँेत्र सिप्सु कुमानी भन्ने स्थानमा प्रहरीले अन्धाधुन्ध गोली चलाउदा उनीहरुको मृत्यु भएको सिलिगुडीका पत्रकार विजय रुचालले जानकारी दिए । घटनामा मारिएको नाम थाहा हुन सकेको छैन । प्रहरीले डुवर्सको मालवजार, सिप्सुलगायतका क्ष्ँेत्रमा केही दिनदेखि १४४ धारा लगाएको थियो । यो धारा लगाएपछि समुह वनाएर हिडडुल गर्न निषेध हुन्छ । घटनामा दर्जनौ वढी मोर्चा कार्यकर्ता घाइते भएका छन् । 
प्रहरीले सोमवार पनि नारी मोर्चाको शान्तिपुर्ण आन्दोलनमा हस्तक्ष्ँेत्र गर्दा करिव दुई दर्जन वढी घाइते भएका थिए । प्रहरीले गोर्खाल्याण्ड पर्सनल (जीएलपी) को अस्थायी शिविर पनि भत्काएको छ । 
यसैवीच उक्त घटनाको विरोधमा दार्जिलिङका विभिन्न स्थानमा हिंसा भड्किएको बताइएको छ । दार्जिलिङका पत्रकार संजय प्रधानका अनुसार खर्साङमा दार्जिलिङ जिल्ला प्रशासनको सवारी आन्दोलनकारीले जलाएर ध्वस्त पारेका छन् । 
यसैवीच मोर्चाले घटनाको तीव्र विरोध गर्दै वुधवारदेखि अनिश्चिकालीन दार्जिलिङ वन्द आव्हान गरेको छ । 

1 comment:

  1. SALUTE,,,,HAMRA BIR GORKHA LADIES HARULAI,,,,

    ReplyDelete

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...