अन्तराष्ट्रिय लेबर क्याम्पियन आन्दोलनको अन्तिम चरणमा

दिनेश कार्की मलेसिया ब्युरो 
 बैदेशिक रोजगारीमा गएका श्रमिकहरुको हक हित र अधिकारको रक्षाका लागि श्रमिक एकताका लागि आन्दोलनकोे पूर्व तयारीका सन्धयामा मलेसियाका अगुवा श्रमिकहरुको मलेसियाको एक गोप्य स्थानमा सम्मेलन गरेको समाचार प्राप्त भएको छ । 
साउदी अरबीया, दुबई, कतार, ओमान, बहराईन, मलेसिया, इज्रायल, लिविया लगायतका झण्डै एक दर्जन बढी देशहरुमा आफ्नो मातहतका संगठनहरु स्थापना गरिसकेको अन्तराष्ट्रिय लेबर क्याम्पियन (क्रान्तिकारी) ले नेपाललाई आफ्नो जग मानी आन्दोलनको पूर्व सन्धयामा बसेको सो बैठकले तत्कालै मलेसियाबाट डीबी संघर्ष, सुमन पौडेल, दिनेश कार्कीको नेतृत्वमा १२ जना प्रतिनिधि यसै साता नेपाल पठाउने निर्णय गरेको छ । सोही आन्दोलनको तयारीकालागि साउदी अरबीया, कतार, दुवई र बहराईनबाट २ दर्जन बढी प्रतिनिधि यसै शनिबार नेपाल पुगिसकेका छन् । प्राप्त समाचार अनुसार बैदेशिक रोजगारीलाई ब्यवस्थितको माग, पीडितको उद्दार, दोषीमाथि कारवाही, नियमावली कार्यन्वयनको लागि श्रमिक सम्बद्ध सबै सम्यन्त्रहरुलाई खबरदारी तथा दबाव मुलक कार्यक्रम रहेको जनाईएको छ । क्यम्पियनका एक प्रतिनिधि संघर्षका अनुसार माग पुरा नभए तत्कालै श्रमिक परिचालन गरी अगाडि बढ्ने नीति रहेको छ । सुमन सिंह पौडेलद्दारा जारी प्रेस विज्ञप्ति अनुसार विश्वर भर छरिएर रहेका प्रवासी श्रमिकहरुलाई यस आन्दोलनलाई नैतीक, आर्थिक, भौतीक रुपमा ऐक्यवद्धता जनाउन सबैमा अपिल गरिएको छ । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...