आउँदैछ सुनको बिहानी

प्रकाश पौडेल 
फूल फुल्छ यो धर्तिमा 
माया रोप्नु पर्छ । 
फिल्मको सुटिङको एक दृष्य । तस्विर प्रकाश पौडेल मेचीनगर अनलाईन
सुन फल्छ यो धर्तिमा हिम्मत राख्नु पर्छ । 
मिलिजुली अघि बढ्औं
बन्छ नौंलो कहानी । 
नेपाल आमा बन्दैछ सुनको विहानी 

यो कुनै साहित्यकारले लेखेको कविता होईन न त कुनै कार्यक्रममा गाइएको गीत नै । देशमा खलबलिंदै गएको राजनैतिक अवस्था र युवावर्गलाई लक्षित गरी वनाइएको नेपाली कथानक चलचित्र सुनको विहानीको शीर्ष गीत हो । देशमा बढ्दै गएको अराजकता र दण्डहिनता अन्त्य हुनुपर्ने यसको फिल्मको प्रमुख उद्देश्य रहेको छ । आफ्नो देशमा दुईछाक खान पनि नसकिने अवस्था सिर्जना भएपछि रोजगारीको लागि विदेशिनु परेको र त्यहाँ नेपालीहरुले खेप्दै आएको दुःख तथा पीडाहरुका दर्दनाक कहानी यस चलचित्रमा समावेश गरिएको छ । देशमा युवा नेतृत्वको खाँचो छ । युवाले चाहे भने देशमा सुनको बिहानी झल्काउन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न खोजिएको छ । 


चलचित्र निर्माता खापुङका अनुसार चलचित्र प्रवद्धन गर्नको लागि झापाको मेची ट्युन्स एफ एम र मेचीनगर अनलाईन डटकम लाई मिडिया पार्टनर राखिएको छ । साथै चलचित्र प्रचारका लागि मिडियाले भरपुर सहयोग गर्ने आशा लिएको उनले बताए । 
खापुङ्स फिल्म्स प्रा.ली विर्तामोडको पहिलो प्रस्तुती रहेको नेपाली कथानक चलचित्र सुनको विहानी पूर्वी नेपालका रमणीय स्थानमा छायाङ्कन गरिएको छ । पूर्वी क्षेत्रबाट नेपालको सुनौली बिहानी सुरु हुने हुदाँ यसको छायाँङ्कन पूर्वी नेपालमै गरिएको निर्माता ओमप्रकाश खापुङले बताए । फिल्मको छायाँङ्कन सकिएको छ । खापुङले भने समावेश पाँच गीतको हाल छायाँकन भैरहेको छ । 

त्रिप्ती नाचकर, सुनिल थापा, दिनेश शर्मा, गणेश उप्रेती, सुरविर पण्डित, युना उप्रेती, सुवास मेचे, लगायतका राष्ट्रिय तथा मोफसलका चर्चित कलाकारको अभिनय यस फिल्ममा रहेको छ । चर्चित गायिका अञ्जु पन्त, राजेश पायल राई, यम बराल, प्रमोद खरेल, धमेन्द्र सेवाङ लगायतको स्वरमा गीत सुन्न सकिने निर्माण नियन्त्रण सञ्जय बागदासले बताए । 
५० लाख हाराहारिको लगानीमा निर्माण सम्पन्न गर्न लागिएको चलचित्र सुनको बिहानी अब केही महिनामै रिलिज हुँदैछ । ९५ प्रतिशत काम सकिएको चलचित्रले केही दिनमै पूर्णत पाउने निर्देशक लक्ष्मीनाथ शर्माले मेचीनगर अनलाईनलाई जानकारी दिए । 

1 comment:

  1. Khusshi KO Kura Badhai cha Sathiharulai Safalata ko lagi

    ReplyDelete

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...