कतारलाई हराउँदै नेपाल फाइनलमा


थाइल्याडमा जारी एसीसी यु १९ क्रिकेटमा कतारालई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । कतारलाई ६ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
फाइनल प्रवेशसँगै नेपाल यु १९ विश्वकपको छनौट खेलका लागि छानिएको छ । मंगलबारको खेलमा नेपाली कप्तान पृथु बाँस्कोटा फिल्डिङ गर्ने क्रममा मैदानमा लडेर घाइते भएका छन् ।
उनी खुट्टाको गोलीगाँठोमा लागेको चोटका कारण तीन सातासम्म खेल्न नसक्ने भएका छन् । नेपालले मंगलबार पनि टस जितेको थियो । गिलो विकेटमा फिल्डिङ गर्ने कप्तान बाँस्कोटाको निर्णयलाई उनको अनुपस्थितिमा कप्तानी सम्हालेका राहुल विश्वकर्माले ४ विकेट लिएर सही साबित गरे ।
कतारलाई ४७ ओभरमा ११३ रनमा समेट्न भुवनले २ विकेट लिए भने अविनाशको नाममा १ विकेट रहृयो । ३ विकेट रन आउट थिए । नेपालले फाइनल खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...