एक वर्षमा इन्टरनेट प्रयोगकर्ताको संख्या तेब्बर


एक वर्षको अवधिमा इन्रनेट प्रयोगकर्ताको संख्यामा उच्च वृद्धि भएको छ । गत वर्षको मंसिर महिनाको तुलनामा अहिले इन्टरनेट प्रयोगकर्ताको संख्या झन्डै तीन गुणाले बढेको छ ।
गत वर्षको मंसिरमा कुल जनसंख्याको २ दशमलव ५५ प्रतिशतमा मात्र इन्टरनेट पुगेकामा यो संख्या यसपालि ६ दशमलव ७८ प्रतिशत पुगेको छ । असोजको तुलनामा इन्टरनेट प्रयोगकर्ताको संख्या एक प्रतिशतलेे वृद्धि भएको छ ।
दूरसञ्चार प्राधिकरणले हालै प्रकाशित गरेको प्रतिवेदनअनुसार एक वर्षको अवधिमा मोबाइलमा जिपिआरएस चलाउनेको संख्यामा भएको वृद्धि र एडिएसएलको विस्तारले पनि इन्टरनेट प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि गर्न सघाएको हो ।
'गत वर्षको मंसिरमा मुलुकको अनुमानित २ करोड ७५ लाख जनसंख्यामध्ये ७ लाख ३ हजारमा इन्टरनेटको पहुँच थियो,' प्रतिवेदनमा छ, 'यस मंसिरमा अनुमानित २ करोड ८० लाख जनसंख्यामा १९ लाख २ हजारमा इन्टरनेट सेवा पुगेको छ ।' यस वर्षको असोजमा इन्टरनेट प्रयोगकर्ताको संख्या १६ लाख २३ हजार थियो ।
मुलुकका प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले पछिल्लो समयमा मोबाइलमा डाटा सेवालाई प्राथमिकता दिएकाले संख्यामा उल्लेख्य वृद्धि भएको हो । गत वर्षको मंसिरमा जिपिआरएस चलाउनको संख्या ५ लाख १९ हजार रहेकामा यस मंसिरमा यो संख्यामा उच्च वृद्धि भई १६ लाख ६४ हजार पुगेको छ ।
एक वर्षमा नेपाल टेलिकमले दिएको एडिएसएल सेवा प्रयोगकर्ताको संख्या दोब्बर भएको छ । गत मंसिरमा एडिएसएल प्रयोगकर्ता २८ हजार ३ सय ४६ रहेकामा अहिले यो बढेर ५४ हजार ४ सय ६० पुगेको छ । टेलिकमको डायलअप सेवा प्रयोकर्ता भने घटेका छन् । गत वर्ष ८ हजार १ सय ९९ रहेका डायलअप सेवा प्रयोकर्ताको संख्या यस वर्ष ७ हजार २५ मा झरेका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनीबाट डायलअप सेवा लिनेको वृद्धिदर पनि न्यून छ । गत वर्ष डायलअप सेवा १८ हजार ९ सय रहेकामा अहिले १९ हजार ५ सय मात्र पुगेका छन् ।
इन्टरनेट सेवा प्रदायकको लाइसेन्स पाएका कम्पनीले दिने केबल इन्टरनेट प्रयोगकर्ताको वृद्धिदर पनि न्यून छ । गत वर्षको भन्दा एक हजार बढेर केवल इन्टरनेट प्रयोकर्ताको संख्या ३२ हजार ५ सय पुगेको छ । नेपाल टेलिकम र युटिएलले सिडिएमएप प्रविधिबाट दिइरहेका इन्टरटनेट सेवा प्रयोकर्ताको संख्यामा उल्लेख वृद्धि भएको छ । गत वर्ष सिडिएमए इन्टरनेट प्रयोगकर्ताको संख्या ८४ हजार  रहेकामा अहिले बढेर १ लाख ११ हजार पुगेका छन् ।
कुन कम्पनीका इन्टरनेट कत्तिले चलाउँछन् ?
कम्पनी                                          यो मंसिर                               गत मंसिर   
नेपाल टेलिकम                          ५ लाख ६२ हजार                     १ लाख ७२ हजार
युटिएल                                    ३४ हजार ८ सय                      २४ हजार ८ सय
एनसेल                                    १ २ लाख ४० हजार                  ४ लाख ४३ हजार
आइएसपी कम्पनीहरू                      ६५ हजार                               ६३ हजार
क्यान इन्फोट्रेडमा चार लाखभन्दा बढी दर्शक
सूचना प्रविधिको विकासबारे सर्वसाधारणलाई जानकारी दिन राजधानीमा आयोजित ब्रोडलिन्क आइसिटी इन्फो ट्रेड चार लाखभन्दा बढी  दर्शकले अवलोकन गरेका छन् ।
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) द्वारा आयोजित महोत्सव छ दिनसम्म चलेको
थियो । मेलाको अन्तिम दिन आइतबार आयोजकहरूले बिजनेस डेका रूपमा सञ्चालन गरिएका थिए । मेलामा धेरै संख्यामा ग्राहक सहभागी भएकामा आयोजक तथा व्यापारी उत्साहित थिए ।
बिजनेस डेमा हरेकले केही सामान किनून् भनेर सबै सामानमा छुटको व्यवस्था गरिएको व्यापारीले बताए । मेलामा नेपाल टेलिकमले १ हजार ५ सय पर्ने थि्रजी सिमकार्ड विद्यार्थीका लागि भनेर ६ सय ५० रुपैयाँमा दिएको थियो ।
अपेक्षा गरेभन्दा बढी अवलोकनकर्ता आएकाले सूचना प्रविधि मेलालाई देशव्यापी रूपमा गर्न हौसला प्राप्त भएको क्यानका उपाध्यक्ष किशोर पन्तले बताए । मेलामा विभिन्न सामग्रीका तीन सय स्टल राखिएका थिए । @ ekantipur

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...