नेपाली युवाको भारत मुम्बईमा हत्या


सुनसरी, माघ २५ - भारत मुम्बईमा एक नेपाली युवाको हत्या भएको छ । विराटनगर घर भई मुम्बईमा ट्याम्पो चलाउँदै आएका झण्डै ४० वर्षिय परमेश्वर साह नेपाल फर्कने क्रममा अज्ञात समुहको आक्रमणमा मारिएका हुन् ।  घटनावारे मुम्मई प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी परिवारका सदस्यहरुलाई दिएको छ ।
एक दशकयता भारतमा ट्याम्पो चलाएर ६/६ महिनामा पूर्व आउने साहलाई हतियार प्रयोग गरी हत्या गरिएको पारिवारीक स्रोतले जनाएको छ । परिवारका सदस्यहरु शब बुझ्न मुम्मई गएकाले हत्या र मृत्युको विस्तृत कारण थाहा हुन सकेको छैन् ।
साहसित रहेको परिचयपत्रका आधारमा शबको पहिचान गरी प्रहरीले खवर गरेको थियो । भारतीय संचारमाध्यमहरुले पछिल्लो समयमा रेल्वे सेवामा लुटेरा समुहको गतिविधि बढेकाले असुरक्षा भएको उल्लेख गरेका छन् । @ ekantipur 
     

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...