विद्यालय पोसाकमै लागूऔषध प्रयोग


धरान/ विद्यालय पोसाकमै सुईबाट लागूऔषध प्रयोग गरिरहेका ६ जना विद्यार्थीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
धरान–९ स्थित समिट उच्चमाविमा कक्षा ११ मा अध्ययनरत् विद्यार्थीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विद्यार्थी भएकाले प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । उनीहरूको साथबाट २० ग्राम गाँजासमेत बरामद गरिएकोले आवश्यक कार्वाहीका लागि प्रक्रिया सुरु गरिएको इप्रकाले जनाएको छ ।
With Reference to (ब्लाष्ट) Times daily


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...