रुञ्चेले दुलही भित्र्याए


धरान/ रुञ्चे गायकका रूपमा चिनिने गायक प्रकाश पौडेलले एक दशकदेखिको आप्ः्नो प्रेम सम्बन्धलाई शुक्रबार वैवाहिक सम्बन्धमा परिणत गरेका छन् ।
प्रकशले वैदिक परम्पराअनुसार जन्तीसँगै बेहुलीको घर पुगेर स्वयम्वर गरेर बिहानको लगनमा बिवाह गरेका हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत् ईश्वरी निरौलालाई शुक्रबार साँझ नै प्रकाशले दुलहीको रूपमा श्यामचौकस्थित आप्ः्नो घरमा भित्र्याएका छन् ।
‘नाइँ मलाई त्यही केही चाहिन्छ’ बोलको गीतले चर्चामा आएका पौडेलले बिहेअघि नै ‘मेरो बिहे हुने भो’ बोलको गीत रेकर्ड गराएका छन् । उनी चाँडै सो गीतसहित अन्य नयाँ गीत सङ्ग्रहित एल्बम ‘सिक्स मच’ बजारमा ल्याउने तयारीमा छन् ।


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...