धनकुटा, माघ २६ - लगातारको बन्दले जनजीवन कष्टकर बनिरहेको अवस्थामा गृह मन्त्रालयले वुधवार क्षेत्रीय प्रशासन कार्यालय धनकुटा मार्फत राजमार्गमा पूर्ण शान्ति सुरक्षा दिइ सवारी साधन खुलाउन निर्देशन जारी गरेको छ ।
राजमार्गमा जुनसुकै समुहले अवरोध पुर्याएमा कडा कानुनी कारवाही गरी सवारी आवागमन गराउन निर्देशन दिइएको गृहको निर्देशनमा उल्लेख छ । उक्त निर्देशन पुर्वाञ्चलका १६ जिल्ला प्रशासन कार्यालयमा पे्रषित गरिएको तथा आवश्यक शान्ति सुरक्षाको लागि सम्पुर्ण व्यवस्था मिलाइएको निमित्त क्षेत्रीय प्रशासक वीरेन्द्रकुमार यादवले जानकारी दिए ।
मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद् र यातायात व्यवशायी तथा मजदुर दोहोरो बन्दका कारण पाँच दिनदेखि धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लामा सवारी साधन नचल्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।
यसैबिच यातायात व्यवशायी र प्रशासनबिच वुधवार भएको वार्तामा शान्ति सुरक्षा दिइने र सवारी साधन सुचारु गरिने सहमति समेत भएको छ । जिल्लास्थित विभिन्न यातायात मजदुर संघ संगठनका प्रतिनिधि र व्यवसायी तथा प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली लगायतको संयुक्त वार्ताबाट लामो समयदेखि रहेको बन्द खुलाउने सहमति भएको हो ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...