मलेसिया ब्यापी खुल्ला फुटबल प्रतियोगिता सम्पन्न


योगेन्द्र योगी"/हिमाल"जोहोरबारू मलेसिया 
चाइनिज नया वर्षको अवसर पारेर प्रबासी स्यांजा समाज जोहोरबारूले जोहोरको सेनाईजयामा मलेसिया ब्यापी खुल्ला नकाउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।यहि फेब्रुअरी ३र् ४ तारिकको दिन खेल सम्पन्न भएको थियो ।मलेसिया ब्यापी खुल्ला नकाउट फुटबल प्रतियोगितामा कार्यक्रमको प्रमुख अतिथि मलेसियास्थित नेपाली राजदूतावासका श्रम सहचारी सुर्यनाथ भण्डारी रहनु भएको थियो । पत्रकारहरुमाश्रम साप्ताहिक जोहोर प्रतिनिधि तथा मलेसिया समाचारदाता सुमन केसी र नेपाली खबर साप्ताहिकका जोहोर प्रतिनिधि रविलाल ताजपुरिया रहनु भएको थियो ।डेल्टा युनियनका संचालक बिकाश पाण्डे,यम केजी कपडा पसल जोहोरका संचालक मिन बहादुर गुरुङ लगायत ७ हजार भन्दा बढी दर्शकहरुको उपस्थिति रहेको थियो । २ दिन सम्म संचालन भएको खुल्ला नकाउट फुटबल प्रतियोगितामा जम्मा ४० दिम दर्ता भएको थियो । जम्मा ४० टिममा प्रथम पुरस्कार बिजेता टिम युनाईटेड टि.एफ.सी आर एम:५११५ मेडल र प्रमाणपत्र,दितीय पुरस्कार बिजेता टिम श्रीजन सिल श्री भाग्य देवी आर एम:२५५५ मेडल र प्रमाणपत्र र त्रितिय पुरस्कार बिजेता टिम टि. टि.सी सेनाईजया आर एम:१५५५मेडल र प्रमाणपत्र बितरण गर्दै मलेसिया ब्यापी खुल्ल नकाउट फुटबल सम्पन्न भएको थियो ।


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...