छुट्टा छुट्टै कारण ६ नेपालीको मृत्यु


दिनेश कार्की, मलेसिया / त्यसैगरी मलेसियाकै जोहोरबारुको देशा चेम्बरलान चाँगी कम्पनीबाट एक महिना अगाडि एकाएक हराएका सिन्धुपलान्चोक ठूलो सिरुवारीका नेत्र प्रसाद दुलाल मृत अवस्थामा भेटिएका छन् । दुलाल हराए लगत्तै कम्पनी र नेपालीहरुले खोजी गरे पनि भेट्टाउन सकेका थिएन । अहिले आएर कम्पनीले दुलाले आत्महत्या गरेछन् उनको लाश प्रहरीकोमा छ भन्दैछ सोही कम्पनीमा कार्यरत मनीकुमार लिम्बुले भने “तर अहिलेसम्म हामीलाई हाम्रो साथीको शब हेर्न दिएको छैन ।” दुलाल आजभन्दा ३ बर्ष अगाडि फ्रेन्डसिप मेनपावरबाट मलेसिया आएका हुन् ।  मृतको लाशबारे बुझ्न खोज्दा ५ हजार आरएम प्रहरीलाई  दिईसकेको र लाश प्रहरीले नै नेपाल पठाउँछ भन्दै आएको छ लिम्बुले भने । 
त्यसैगरी सेफ्टीको ब्यवस्था नभएका कारण काम गर्दा गर्दै समुद्रमा खसेर एक नेपालीको मृत्यु भएको छ । मलेसियाको पोर्टकेलाङस्थित बिन्ताङ सपिङ कम्पनीमा कार्यरत बारा पिपरा सिमरा ३ नीवासी ३२ बर्षीय राजकुमार पुडासैनीको मृत्यु भएको हो । नियमित ड्युटी पूरा गरी कन्टेनर चेक गर्दा गर्दै अकस्मात उनी समुद्रमा खसेका थिए । तीन बर्ष अगाडी मलेसिया आएका पुडाशैनी यही मंगलबार विहान ८ः३० देखि हराएका थिए । बिहीबार नर्थपोर्ट सुरक्षामा खटिएका विशेष प्रहरीले पुडाशैनीको टाउको नभएको र खुट्टा भाँचीएको शब फेला पारेका थिए । प्रहरीको आवश्यक कारवाही पश्चात हाल डाशैनीको शब पोसमार्टमाका लागि क्लाङ हस्पीटलमा लगिएको छ । स्मरणरहोस् सोही कम्पनीमा सेफ्टी नभएकै कारण आजभन्दा अगाडि पनि आधा दर्जन भन्दा बढी नेपालीले ज्यान गुमाईसकेका छन् ।
मलेसियामा सडक दुर्घटनामा परि एक नेपालीले ज्यान गुमाएका छन । अर्ना पेपर कम्पनी बातुपहातमा कार्यरत शोभाखर भण्डारीको गत आईतवारका दिन सडक दुर्घटनामा ज्यान गएको हो । दिन भरी कम्पनीमा काम गरी साझँपख नजिकैको पसलवाट फर्केर्दै गर्दा तिव्र गतिमा आएको टिपरले ठक्कर दिदा भण्डारीको ज्यान गएको हो । पाल्पा जिल्ला रामपुर गाविस बडा न ७ निवासी ३१ ब्र्र्र्र्र्र्र्र्षिय भण्डारीको परिवारमा आमा एक श्रीमति एक छोरा र एक छोरी रहेको वुझिएको छ । निज भण्डारी तीन वर्ष अगाडि राज ओभरसिजबाट मलेसिया आएका हुन । निजको शवलाई नेपाल पठाउने तयारी भैरहेको वातुपहातवाट शान्ति थापालेजनाएका छन । 
 त्यसैगरी तीन महिना अगाडि आफ्नै साथीको प्रहारबाट सख्त घाइते भई मलेसियाको जोहोरबारु स्थित कुलाई अस्पतालमा अपचारार्थ लाक्पा शेर्पाको मृत्यु भएको छ । विगत ६ बर्ष देखि जोहोरबारुको ताम्पोई पिलर कम्पनीमा कार्यरत ताप्लेजुङ जिल्ला सानथाक्रा ८ निवासी शेर्पालाई उनकै साथी धादिङ जोगीमाराका कुमार मल्लले धारिलो हतियार द्धारा प्रहारबाट घाइते बनेका शेर्पाको माघ ५ गते मृत्यु भएको हो  । मृतकको शव बिहीबार थाई एयरलेन्सबाट नेपाल पठाईसकिएको छ । मृतको परिवारमा श्रीमतीको साथमा तीन छोराछोरी रहेको मलेसिया स्थत ताप्लेजुङ प्रवास समितिका संरक्षक अनिल पालुङ्वाले जनाएका छन् । हत्या गर्ने कुमार मल्ललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिई आवस्यक कारवाही गरिरहेको मलेसिया दूतावासले जनाएको छ । 
त्यसैगरी ताप्लेजुङ खोक्लिङ ३ का चन्द्रबहादुर शिवाको १४ जनवरी २०११ म सुतेको सुत्यै मृत्यु भएको छ । चन्द्रबहादुर जोहोरको कुलाई स्थित ज्याक स्पिड लेदर स्पेशल एसडीएन विचडी कम्पनीमा कार्यरत थिए । १३ तारिख खाना खाएर सकुशल सुतेका शिवा १४ तारिख बिहान आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिएका थिए । मृतक शिवा आफ्नो कार्यकाल सकी यही फेब्रुवर पहिलो साता नेपाल फर्किदै थिए । मृतको शव माघ ६ गते नेपाल पठाइएको कम्पनीस्रोतले जनाएको छ ।  
त्यस्तै सोही गाविस वडा नम्वर ४ का टिका तामाङ पनि मृत अवस्थामा भेटिएका छन् । नेपालबाट आएको चाथौं दिन अर्थात जनवरी १२ तारिखका दिन कम्पनीबाट हराएका तामाङलाई कम्पनी र नेपाली श्रमिकहरु खोज्न जाँदा भोलीपल्ट कम्पनीभन्दा केही परको नरिवलको रुखमुनी घोप्टो अवस्थामा भेटिएको थियो । उनको शरीरभर निलडाम तथा चोटहरु थिए । मृतक तामाङको शब माघ ७ गते शुक्रबार नेपाल पठाइएको छ । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...