धरान–१५ शिवगंगा बस्तीको शंकर खवास काठका हाँगाबिँगा, रुख र बाँसका जराबाट हस्तकलाका विभिन्न सामाग्री तयार गर्ने गर्छन् ।
उनले यसरी रुखका जरा, हाँगा र बाँसको जरामा कला खोप्न र कुद्न थालेको सात वर्ष भएको छ । सात वर्षमा तीन वर्षचाहिं सिक्न नै लागेको पनि उनी बताउँछन् ।
आफूसँग कला र सीप भए पनि काष्ठकलाका बस्तु तयार गर्न चाहिने कच्चा बस्तुको संकलन आवश्यक औजार खरिद गर्ने पैसा नहुँदा व्यवसायिकरुपमा स्थापित हुन र आफ्नो कलामा निख्खार ल्याउन नसकेको उनी बताउँछन् ।
बाँस र काठका कलात्मक बस्तु उत्पादन गर्न र बजारमा ल्याउनका लागि आफूलाई १० देखि १५ हजार रुपैयाँसम्मको आवश्यकता पर्ने कुरा उनी बताउँछन् । आफ्नो आर्थिक अवस्था कमजोर भएकोले आफूले त्यति पैसा लगानी गरेर काम गर्न नसक्दा बेरोजगार हुनु परेको दुखेसो उनको छ । आर्थिक सहयोगका लागि केही ठाउँमा निवेदन दिएको तर जवाफ नपाएको उनले बताए


I WANT A PIECE HOW MUCH FOR THIS CHAIR MAN
ReplyDelete