नेपाल कृषिप्रधान देश ।त्यसमा झापाका कृषिमा अग्रणी जिल्ला नै मानिन्छ ।कृषकहरुका सेवाका लागि स्थापना भएको झापाको दमक नगरपालिका कार्यालय भवनपछाडि रहेको कृषि सेवा उपकेन्द्रको कार्यालय प्रमुखको कार्यकक्ष हो यो ।प्रायःगरी यहाँ कर्मचारी नै भेटिदैनन् भने यो नाम मात्रको सेवा उप केन्द्रको रुपमा रहेको कृषकहरु बताउँछन ।केहि दिनअघि यहाँ दिउसो बाह्र बजे पुग्दा कार्यालय त खुलेको थियो तर आधा घण्टा कुर्दा पनि कोहि कर्मचारी देखा परेका थिएनन् ।कार्यालय कोठा निक्कै अस्तब्यस्त देखिन्थ्यो ।कार्यालयमा न त कार्यालय चिनाउने साइनबोर्ड नै रहेको छ न त सरसफाइमा नै ध्यान दिएको पाइन्छ ।कार्यलय भवनको पनि रङ्गरोगन उडिसकेको छ ।यस्तो कार्यालयबाट सेवाग्राहीले कसरी सेवा पाउलान ? यस्ता कार्यालयहरु कहिले कार्यालय जस्ता बन्लान् ? यसमा कसको ध्यान जाने ?
शब्द/तस्बिर – बिष्णुप्रसाद पोखरेल


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...