भ्रष्टाचारका आरोपीको बढुवापछि पियुमा आन्दोलन


विराटनगर/ क्याम्पसलाई सम्बन्धन दिने क्रममा व्यापक अनियमितता गरेको आरोपमा अख्तियारको छानविनमा परेका पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीहरू बढुवा भएपछि कर्मचारीहरू विरोधमा उत्रिएका छन् । विश्वविद्यालय प्रशासनले आर्थिक घोटालामा संलग्न कर्मचारीलाई छानीछानी बढुवा गरेको भन्दै शुक्रबार प्राध्यापक र कर्मचारीले काम बहिष्कार गरे । 
विश्वविद्यालयको नियमविपरीत आफूखुशी क्याम्पसलाई सम्बन्धन बिक्री गरेको आरोप लागेका नौजना कर्मचारीलाई बढुवा गरेको विरोधमा प्राध्यापक र कर्मचारीले काम बहिष्कार गरेको संघर्ष समितिका संयोजक सन्जेश कोइरालाले जानकारी दिए । विश्वविद्यालयका निर्णय फिर्ता गराउन ५१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । बढुवामा परेका लेखा अधिकृत भूपेन्द्र गेलाल, उपकुलपतिका पीए सुकेश कर्णलगायत् छ अधिकृत र सहायकस्तरका तीन कर्मचारीमध्ये छजना अख्तियार दुरूपयोग अनुसन्धान आयोग तथा शिक्षा मन्त्रालयको अनुसन्धानमा छन् । 
कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि शुक्रबारदेखि विश्वविद्यालय तथा आङ्गिक क्याम्पसको कामकाज प्रभावित भएको छ । उनीहरूले परीक्षा नियन्त्रण कार्यालयका कामसमेत ठप्प पारिदिएका छन् ।


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...