भारतीय प्रहरीको सहयोगमा २ महिनापछि अपहरण मुक्त


अञ्चल प्रहरी कार्यालय मेचीमा शुक्रबार आयोजित पत्रकार सम्मेलिनमा अपहरित खनाल (बाँया) र सुरक्षा प्रमुखहरु ।
काँकडभिट्टा, माघ ८ - अपहरित एक व्यक्तिलाई भारतीय प्रहरीको सहयोगमा महिनापछि मुक्त गरिएको छ । झापासंग सीमा जोडिएको भारतको पानीटंकीबाट गत मंसिर २५ गते अपहरित झापाका डम्वर खनाल (डेनियल) लाई मुक्त गरिएको हो ।
दमक नगरपालिका वडा नम्वर १९ निवासी ३३ वर्षीय खनाललाई गत पुस २४ गते भारतको वेङ्लोरबाट अपहरण मुक्त गरिएको मेची अंचल प्रहरी कार्यालय झापाले शुक्रवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
गत पुस २ गते ८९२७१७२३०२ नम्वरको भारतीय नम्वरवाट डम्वरको घरमा फोन गरी अपहरणकारीले धम्की दिएका थिए । सोही दिन पीडित परिवारले प्रहरीलाई घटना वारे जानकारी गराएका थिए । अञ्चल प्रहरीले तत्काल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र दिल्लीस्थित क्राइम व्रान्च इण्डियाको सहयोगमा अनुसन्धान थालेको थियो । अञ्चलका नायव प्रहरी निरीक्षक लेखनाथ दाहालको कमाण्डमा गएको एक टोली भारतको वेङ्लोरस्थित जेपीनगरबाट खनाललाई अपहरण मुक्त गरेको थियो ।
अपहरित खनाल सिंगापुरस्थित एक वैदेशिक रोजगार सम्वन्धि कार्यालयमा काम गर्दै आएको र मनग्ये आर्थिक आर्जन गरेका ब्यक्ति हुन् । त्यसै कारण उनलाई अपहरण गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । 'पैसाकै कारण खनाल अपहरणमा परेको अनुमान गर्न सकिन्छ', अञ्चल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक रविराज श्रेष्ठले पत्रकारलाई भने, 'अपहरण गर्नुको अन्य कारण केही देखिदैन ।' एक वर्षदेखि उनी नेपालमै रहँदै आएका थिए ।  

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...