प्रशासनको छानविन समितिप्रति एमाले असन्तुष्ट


एमाले अध्यक्ष झलनाथ खनालमाथि विहीबार थप्पड प्रहार गरिएको घटनाको छानविन गर्नको लागि सुनसरी प्रशासनले गठन गरेको समितिप्रति एमाले नगर कमिटि इटहरीले असन्तुष्टि जनाएको छ ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले छानविन समिति स्तरीय नभएको भन्दै असहमती जनाएको हो । घटनाको छानविनका लागि कोशी अञ्चल प्रमुख मिङमार लामाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा सुनसरी प्रहरी प्रमुख भुपाल भण्डारी तथा इटहरी प्रहरी प्रमुख श्यामल सुब्बा रहेका छन् ।
‘देशको ठूलो दलका अध्यक्ष जस्तो नेतामाथि भएको आक्रमणको छानविनका लागि त्यती तल्लो तहको समिति गठन हुनु हामीलाई स्वीकार्य छैन ।’ एमाले नगर अध्यक्ष याम सुब्बाले भने, ‘पार्टी अध्यक्षको स्तर सुहाउँदो उच्च तहको स्तरीय समिति बनाउनुपर्छ ।’
उनले प्रहरीको कार्यशैली चित्तबुझ्दो नभएको बताए । ‘रातारात जिल्ला लगियो र हामीलाई भेट्न पनि दिइएन ।’ सुब्बाले भने । उनले आक्रमणमा रेग्मी एक्लो व्यक्ति नभइ समुहकै हात रहेको समेत दावी गरे ।

रेग्मीको विषयमा एमालेभित्रै मतभेद
एमाले अध्यक्ष झलनाथ खनालमाथि विहीबार थप्पड प्रहार गर्ने देवीप्रसाद रेग्मी एमाले पुर्व कार्यकर्ता भएको र नभएको भन्ने विषयमा एमाले भित्रै मत बाझिएको छ ।
घटनाको बारेमा छानविन गर्न समिति गठन भएलगत्तै रेग्मीको पार्टीगत संलग्नतासम्बन्धि एमाले नेता तथा कार्यकर्ताहरुबीच नै कुरा बाझिएको छ ।
रेग्मी एमालेसम्बद्ध भएको उनको गाउँ भरौल गाविसका स्थानिय एमाले नेताहरुले जनाएतापनि एमालेको जिल्ला कमिटि तथा इटहरीको नगर समितिले भने रेग्मीको नाम आफ्नो कुनैपनि संगठनमा दर्ता नभएको जनाएको छ । शनिबार इटहरीमा पत्रकार सम्मेलन गर्दै एमाले सुनसरी प्रचार विभाग प्रमुख लक्ष्मी गौतमले रेग्मी एमालेको कार्यकर्ता भनी सञ्चार माध्यमले गरेको प्रचारप्रति असन्तुष्टि जनाउँदै रेग्मी शुभचिन्तक सम्म हुनसक्ने जनाइन् तर एमाले नगर कमिटिले जारी गरेको विज्ञप्तीमा रेग्मी एमालेको शुभचिन्तक समेत नभएको भनी किटान गरेर लेखिएको छ । 
यता उनको पारीवारिक तथा भरौलका स्थानिय एमाले नेताहरुले भने रेग्मी एमाले नेता भएको जनाएका छन् । मदन भण्डारी तथा मनमोहन सिंहको मृत्युको समयमा किसानको भेषमै गरिरहेको काम छाडेर रेग्मी काठमाडौ पुगेका उनका समकक्षीहरुले बताएका छन् । एमाले नेताहरुमा रेग्मीलाई पार्टी भित्रकै केही व्यक्तिले उक्साएको वा अन्य दलले उक्साएको भन्ने विषयमा पनि मतभेद देखिएको छ । एमाले सुनसरी सचीव रेवती भण्डारीले एमाले भित्रकै केही व्यक्तिहरुको उक्सावटको कारण घटना भएको खुलासा भएको जनाएका छन् भने इटहरी अध्यक्ष याम सुब्बाले भने अन्य पार्टीले रेग्मीलाई उक्साएको प्रारम्भिक अनुसन्धानबाट देखिएको दावी गरेका छन् ।
यसैबिच एमाले नगर कमिटिले खनालमाथि भएको आक्रमण निन्दनिय भन्दै भत्र्सना गरेको छ । इटहरी नगर अध्यक्ष याम सुब्बाले घटनाको बारेमा छानविन समितिले छानविन गरिरहेको र चाँडै निस्कर्षमा पुग्ने समेत दावी गरेका छन् ।
यस्तै कार्यक्रम सञ्चालनको समयमा आफ्नै कमी कमजोरी कारण घटना घटेको समेत सम्मेलनमा स्वीकार गरीएको छ । प्रचार प्रसार संयोजक गौतमले व्यवस्थापनमा सामान्य त्रुटीका कारण घटना घटेको जनाउँदै आगामी दिनमा कमि कमजोरी नदोहो¥याउने समेत जनाइन् ।
Source:- Blast Times


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...