‘उड्यो मेरो मन’ यो गीत अहिले चर्चामा रहेको छ । यस गीतका गायिका हुन्, मुगा श्रेष्ठ । काठमाडौं नयाँ बानेश्वरकी गायिका मुगाले आफ्नै नाममा ‘मुगा’ नामक गीति एल्वम निकालेर सांगीतिक यात्रा तय गरेकी छन् । माथिको उल्लेखित गीत मुगा एल्वमकै हो । पप तथा आधुनिक गीतहरुको संग्रह मुगाको अर्को गीत ‘साइँला दाई’ बोलको गीत पनि लोकप्रिय बनेको छ । प्रस्तुत छ गायिका मलेसिया पुगेको बेला हाम्रा मलेसिया व्युरो दिनेश कार्कीले लिएको विशेष अन्तवार्ता
@मुगा कस्तो किसिमको एल्वम हो ?
मेरो आफ्नै नाममा एल्वमको नाम राखेकी हुँ । पहिलो एल्वम भएकोले चिनिनको निम्ति एल्वमको नामै ‘मुगा’ राखें । यसमा फ तथा आधुनिक गीतहरु रहेका छन् ।@संगीतमा के सोचेर लाग्नु भयो ?
संगीत मेरो सौख हो । साथै म सांगीतिक परिवारमै हुर्केकी हुँ । औपचारिक रुपमा मेरो घरपरिवार संगीतमा नभएपनि संगीतलाई मनैदेखि रुचाउँछन् । म यस क्षेत्रमा लाग्नुको प्रेरणा पनि घरपरिवार नै हो ।
@एल्वम कस्तो गइरहेको छ ?
बिक्रिको हिसाबले त राम्रो छैन । यो मेरो मात्र समस्या होइन, अहिले कसैको पनि एल्वमको बिक्रि छैन । तैपनि ‘सिआरबिटी’ राम्रै गइरहेको छ । एल्वम आएको भर्खरै ६ महिना हुँदैछ ।
@एल्वमको लागि कति खर्च गर्नुभयो ?
एउटा म्युजिक भिडियो सहित गर्दा साढे दुई लाख रुपैयाँ नाग्यो । तैपनि भिडियो राम्रो बनेकोले मेरो चित्त दुखाई छैन । अहिले चर्चामा रहेको ‘उड्यो मेरो मन’ को भिडियो बनाएकी हुँ । यसको निर्देशन सुरजसिंह ठकुरीले गरेका हुन् ।
@जसरी पनि लगानी त डुब्ने नै भयो नि, होइन ?
खोई, सिआरबिटी त राम्रै गइरहेको छ । बिक्रिबाट लगानी फिर्ता हुने त कुरै भएन । मेरो मात्र नभएर अहिले कसैको पनि एल्वमबाट लगानी उठ्छ जस्तो mलमई लाग्दैन ।
संगीत सम्बन्धि शिक्षा पनि लिनुभएको छ ?
लिएकी छु, अहिले पनि गुरुकुल संगीत विद्यालयमा संगीतमा तेस्रो वर्षमा अध्ययन गरिरहेकी छु ।
@संगीतबाहेक अरु के गर्नुहुन्छ ?
अहिले त म संगीतको अध्ययनमै ब्यस्त छु । भविष्यमा चाहिँ विजनेश गर्ने लक्ष्य लिएकी छु ।
@मोडलिङतिर रुचि छैन ?
अँहँ छैन । मोडलिङको लागि अफर पनि आइरहेको छ । तर मलाई मोडलिङप्रति रुचि नै छैन । त्यसैले आएको अफर पनि अस्विकार गदै आएकी छु ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...