वेश्यावृत्तिमा संलग्न हिरोइन पक्राउ


बेङ्ग्लोर, माघ ८ (एजेन्सी)- दक्षिण भारतकी स्टार हिरोइन वेश्यावृत्तिको अभियोगमा पक्राउ परेकी छिन्। 'कन्नाडा' रिलिज हुनु एक दिन अघि सो फिल्मकी हिरोइन यमुनालाई प्रहरीले वेश्यावृत्ति गरिरहेकै अवस्थामा एउटा पाँचतारे होटलबाट प्रकाउ गरेको हो। यमुनाले एक पटक यौन सम्पर्कका लागि २ लाख भारतीय रुपैयाँ लिने गरेको खुलेको छ।हिरोइन यमुनाको वेश्यावृत्ति सञ्जालले उच्च तहका घरानीय व्यक्तिहरुलाई केटी उपलब्ध गराउने गरेको प्रहरीलाई उदृत गर्दै भारतीय मिडियाहरुले जनाएका छन्। यमुनासँग फिल्म र मोडलिङ क्षेत्रका धेरै व्यक्तिको यौन व्यवसायको खुलासा हुनेसक्ने आशा प्रहरीको छ।

दक्षिण भारतमा लोकप्रिय रहेकी यमुनालाई प्रहरीले यौन क्रियाकलाप गर्दागर्दै बेङ्ग्लोरको पाँचतारे होटल भित्ताल मलायबाट रंगेहात पक्राउ गरेको हो।
प्रहरीले होटलको कोठा नम्बर १४०२ मा छापा मार्दा यमुना एकजना कल सेन्टर कम्पनीका सीइओ नन्दकुमारसँग शारीरिक सम्पर्कमा लिन भेटिएकी थिइन्। छापा मार्ने क्रममा प्रहरीले हिरोइन यमुनाका साथबाट २ लाख नगद भारतीय रुपैयाँ बरामद गरेको छ।
यमुनाका लागि ग्राहक खोजिदिने दलाल सुरकसितका साथबाट प्रहरीले ४६ हजार भारतीय रुपैयाँ बरामद गरेको छ। होटलको कोठा १ घण्टाका लागि २८ हजारमा बुक गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। कोठाको भाडा यमुनाले एक पटकका लागि लिने गरेको २ लाखबाट तिर्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
वेश्यावृत्तिमा संलग्न नन्दकुमारको टोयटा फर्चुनेर र दलालको हुन्डाइ एलेक्ट्रामा प्रहरीले सिल गरेर अनुसन्धान अघि बढाइरहेको छ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...