खेमनाथ पौडेल, अबुधावी
सर्वदा वाङमय प्रतिष्ठानले अबुधावीको केरला सोसाईटीमा एक साहित्यिक कार्यक्रमका साथ जनजाती कवि ईमानसिंह चेम्जोङ्घ र गितकार अलिमियाको सयूक्तरुपमा जन्मजयन्ति मनायो । उक्त साहित्यिक गोष्ठिमा गितकार गोविन्दराज तिवारीको गिती संग्रह दुखियाको दुःख विमोचन गरिएको थियो ।
श्रम गरेर बचेको समय साहित्य श्रृजनामा खर्चित गर्ने यूएईमा अनगन्य साहित्यकारहरु जन्मिसकेका छन् । उनिहरुलाई यूएईमा रहेका साहित्यिक समाजहरुले विभिन्न समयमा साहित्यिक कृतिहरु प्रकाशनमा ल्याईरहेका छन् । यसैक्रममा सर्वदा वाङमय प्रतिष्ठान यूएई शाखाले विगत वर्ष देखि यूएईका साहित्यिक श्रष्टाहरुका विभिन्न कृतिहरुलाई प्रकाशन गर्दै आएको छ । उक्त प्रतिष्ठानले २०१० लाई साहित्यिक बर्षकोरुपमा पनि मनाएको थियो । प्रतिष्ठानले एक कार्यक्रमका बीच साहित्यिक बर्षको अन्त्य र अर्को २०११ लाई प्रकाशन वर्षको सुरुवात गर्दै दुखियाको दुःख गिती संग्रह प्रमुख अतिथि नेपाली राजदूतावासका प्रथम सचिव लोक बहादुर क्षेत्री पौडेल र प्रतिष्ठानका सभापति लक्ष्मण सापकोटाले सयूक्तरुमा विमोचन गरे ।
सोही कार्यक्रममा सिक्किमे कवि भुवनेश्रवर बरुवा ‘‘अंशु’’ ले उपहार स्वरुप पठाएको उनको कृति ‘गुलाब’, ‘यौटा अर्कै पृथ्बी’, ‘एउटा अचल नाउ’, कविता सङ्ग्रह प्रतिष्ठानका केन्द्रिय सल्लाहकार एल.एन सुबेदीले संस्थालाई हस्तान्तरण गरेका थिए ।
गोष्ठिमा यूएईका गजलकार, गितकार तथा कविहरुले विभिन्न कविता, गित तथा गजलहरु वाचन गर्दा कार्यक्रमहल साहित्यमय भएको थियो । दिपराज न्योम्माङ्घ, दिपक अधिकारी, ठगेन्द्र खनाल, राम प्रसाद प्रसाई, शिशिर परियार, आशिष राई, खुशी परियार, आदीले कविता, गित तथा गजल वाचन गरेका थिए ।
सर्वदा वाङमय प्रतिष्ठान यूएई शाखाका सभापति लक्ष्मण सापकोटाको सभापतित्व तथा नेपाली राजदूतावास अबुधावीका प्रथम सचिव लोक बहादुर क्षेत्री पौडेलको प्रमुख अतिथिमा सम्पन्न सो साहित्यिक गोष्ठिमा साहित्यकार तथा प्रतिष्ठानका सल्लाहकार लोकनाथ सुवेदी, पत्रकार जेपी सापकोटा प्रवासी यूवा संघका महेश गिरी, नेपाली समाज यूएई क्षेत्रिय समिति अबुधावीका रामगोपाल थापा तथा अन्य संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
प्रतिष्ठानले २०११ देखि ईश्वर वल्वभ पुरस्कार प्रदान गर्ने घोषणा गर्यो । सन् २०११ लाई साहित्यिक प्रकाशन बर्ष घोषणा गर्दै बर्ष भरी स्वदेश तथा विदेशमा साहित्यमा राम्रो योगदान दिने एक साहित्यकारलाई मुल्याङ्कन गरी बर्षको अन्त्यमा ईश्वर वल्लव पुरस्कार नेपाली १० हजार दिने घोषणा गरिएको थियो ।
कार्यक्रममा केही झलकहरु





No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...