नेताहरु भन्छन- ‘हामी सवैमाथि झापड हानेको महसुस भयो’
७ माघ, काठमाडौं । एमाले अध्यक्ष झलनाथ खनालमाथि हानिएको झापडबाट अरु ठूला नेताहरुलाई चाहिं कस्तो महसुस भयो होला ? यो झापड सवै नेताका लागि चेतावनी हो भनेर जनताले प्रतिक्रिया दिइरहेका बेला नेताहरुले खनाललाई हानेको झापडबाट आफुलाई पनि दुखेको बताएका छन् ।
![]() |
| एमाले अध्यक्ष झलनाथ खनाललाई थप्पड हान्ने देवीप्रसाद रेग्मी । |
सहमतीय सरकार बनाउने समय थप्न राष्ट्रपतिसँग अनुरोध गर्ने उदेश्यसहित शुक्रबार बिहान सिंहदरवारमा भेला भएका नेताहरुवीच पनि झलनाथमाथिको आक्रमणबारे छलफल भयो । झापड खाएर वैठकमा आएका एमाले अध्यक्ष झलनाथ खनालका अघि नेताहरुले यो सवैमाथि हानिएको थप्पड हो भन्दै साहानुभूति दिए ।
छलफलबाट बाहिरिएपछि संचारकर्मीले सोधे खनालमाथि भएको आक्रमणलाई कसरी लिनुभएको छ ? एमाले नेता केपी शर्मा ओलीले झापड हान्नु निन्दनीय भएको बताउँदै भने- ‘यो राजनीतिक संस्कार पनि भएन, तरिका पनि भएन् ।’ कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले खनालमाथि हानिएको झापडले तीनै दलका शीर्ष नेताहरुलाई दुखेको बताए । उनले भने,’ यो अन्त्यन्त निन्दनिय छ । हामी सबैमाथि झापड हानिएको महसुस गरेका छौं ।’
झापड हान्ने रेग्मीलाई १५ दिने थुना
अमर खड्का, इनरुवा, - एमाले अध्यक्ष झलनाथ खनाललाई झापड हानेको अभियोगमा पक्राउ परेका देवीप्रसाद रेग्मीलाई सार्वजनिक अपराधको मुद्दा दायर गरिएको छ। एमाले सुनसरी जिल्ला कार्यालय सचिव गोविन्द कार्कीको जाहेरीमा दायर मुद्दामा प्रमुख जिल्ला अधिकारीले रेग्मीलाई १५ दिन थुन्न आदेश दिएका छन्।
सार्वजनिक अवराध ऐनको मुद्दामा तारेखमा छाड्ने वा २८ हजार रुपैयाँसम्म जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुन्छ। प्रधानमन्त्रकी दलका अध्यक्षलाई झापड हानेपछि एमालेको युवा संघ एवं अनेरास्ववियूले आज इटहरीमा चक्काजाम गरी कडा कारवाहीको माग गरेको थियो।
अध्यक्ष झलनाथ खनाललाई झापड हान्नेबिरुद्ध एमाले कार्यकर्ताले प्रदर्शन गरेका छन्। खनाललाई झापड हान्ने सुनसरी भरौलका देवीप्रसाद रेग्मीलाई कार्वाहीको माग गर्दै युवा संघ र अनेरास्ववियुले आधा घण्टा इटहरीमा चक्का जाम गरेका छन्।प्रदर्शनका क्रममा प्रहरीले शान्ति-सुरक्षा दिन नसकेको भन्दै प्रहरीविरुद्ध पनि नाराबाजी गरेका छन्। जुलुस इटहरी बजारका विभिन्न भाग परिक्रमा गरी प्रहरी कार्यालय परिसरमा कोणसभामा परिणत भएको थियो।
झापड हान्नेविरुद्ध एमालेको प्रर्दशन
अध्यक्ष झलनाथ खनाललाई झापड हान्नेबिरुद्ध एमाले कार्यकर्ताले प्रदर्शन गरेका छन्। खनाललाई झापड हान्ने सुनसरी भरौलका देवीप्रसाद रेग्मीलाई कार्वाहीको माग गर्दै युवा संघ र अनेरास्ववियुले आधा घण्टा इटहरीमा चक्का जाम गरेका छन्।प्रदर्शनका क्रममा प्रहरीले शान्ति-सुरक्षा दिन नसकेको भन्दै प्रहरीविरुद्ध पनि नाराबाजी गरेका छन्। जुलुस इटहरी बजारका विभिन्न भाग परिक्रमा गरी प्रहरी कार्यालय परिसरमा कोणसभामा परिणत भएको थियो।
![]() |
| एमाले अध्यक्ष झलनाथ खनाललाई झापड हान्नेलाई कारवाही माग गर्दै इटहरीमा युवा संघ र अनेरास्ववियुले गरेको प्रदर्शन। तस्बिर : अमर खडका/Nagarik |
प्रदर्शनकारीले इटहरीको चौरास्त चोकमा आधा घण्टासम्म चक्काजाम गरेका छन्। खनाल बिहीबार इटहरीमा पार्टीको तीन महिने वैचारिक, सांगठनिक र सुदृढिकरण अभियान कार्यक्रम उद्घाटन गर्न आएको बेला कार्यक्रम स्थलमै रेग्मीले झापड हानेका थिए।
झापड हान्नेबिरुद्ध एमाले उजुरी दिएपछि कारबाही प्रकृया अगाडि बढाउने सुनसरीका प्रहरी प्रमुख एसपी भुपालकुमार भण्डारीले जानकारी दिए। 'एमालेले रेग्मी बिरुद्ध केमा मुद्धा दर्ता गर्छ सोही अनुसार कारबाही चलाइनेछ,' भण्डारीले भने।



Ekdam sahi kura ho . Kamtima ek hapta dekhi dui hapta ma sarkar banayera 2 barsa ma Desh ko kanun banaunu perne ma 3 barsa samma ma pani kursi ma ladai garne lai Jhapad kam bhayo .
ReplyDelete..
ReplyDeletesajaya paune ni janta le taa ho ni hamro desh nepal ma. desh bigarne ra corrupted neta haru lai taa janma kaid garna parne. neta haru ko palo kaile aaune ho kunni.
...
ReplyDeleteMURKH HARU DEVI JI LAI KARBAHI HAINA SAMMAN GARNU PAR6. NEPAL MA TA 1 JANA MATRA AAHILE RAMRO KAM GARE KO 6. YADI DEVI PRASAD LAI KARBAHI BHAYO BHANE SADAK MA SABAI NEPALI DAJU BHAI AAAU 6AO. BINA SART RIHA GAR.
BINA SART RIHA GAR.
BINA SART RIHA GAR.
BINA SART RIHA GAR.
BINA SART RIHA GAR. BINA SART RIHA GAR. BINA SART RIHA GAR. BINA SART RIHA GAR. BINA SART RIHA GAR.