योगेश खतिवडा
काठमाडौ, माघ -
मुलुकले प्रविधिको क्षेत्रमा गरेको विकास अन्य क्षेत्रको तुलनामा धेरै सन्तोषजनक छ । अन्य विकसित मुलुकको दाँजोमामा भने नेपाल अझै धेरै पछाडि छ ।
लगानीको सुरक्षा छैन । जनतामा पछिल्ला प्रविधि अझै नौला छन् । आम्दानी कम छ । कम्पनीले निर्माण गरेको पूर्वाधार नष्ट हुँदैन भनेर ढुक्क हुन सक्ने अवस्था छैन । सरकारले प्रविधिको प्रयोगलाई अझै विलासिताका रूपमा लिएको छ भन्ने धेरैको भनाइ छ । चुनौतीका बीच मुलुकभर प्रविधिले सेवा गर्ने उद्देश्यका साथ नेपाल भित्रिएका छन्, ब्रोडलिंकका प्रमुख कार्यकारी अधिकृत विनोद तिमल्सिना ।
जनवरीअघिसम्म विश्वका आधा दर्जन मुलुकमा प्रविधिको व्यवसाय गरेका उनी नेपालमा वाइफाई र आइपी टेलिफोनलाई व्यापक विस्तार गर्ने उद्देश्य लिएर विभिन्न मुलुक (बहराइन र अस्ट्रेलियाबाहेक) का कम्पनीको जिम्मा साझेदारलाई दिई नेपाल आएका छन् । तीन साताअघि ब्रोडलिंकको पूरै सेयर लिएका छन् ।
ललितपुरका २९ वर्षो उनले ब्रोडलिंकको वाइफाई सेवा नेपालभर पुर्याउने लक्ष्य लिएका छन् । अन्तर्राष्ट्रिय फोन गर्ने सुविधाको 'ब्रोडटेल' लाई पनि विस्तार गर्ने योजना उनको छ ।जनवरीअघिसम्म सिंगापुर र जापानको प्रविधि सेयर साझेदारलाई दिएर उनी अहिले अस्ट्रेलिया, बहराइन र नेपालका कम्पनीको एकलौटी मालिक बनेका छन् । 'ब्रोडलिंकमा मेरो ५० प्रतिशत सेयर थियो,' उनले भने, 'अहिले पूरा सेयर लिएको छु ।' ब्रोडलिंकले वाइफाई इन्टरनेट र आइपी फोन विस्तारका लागि २५ करोड रुपैया“ लगानी गरिसकेको उनले बताए ।
सिंगापुरमा धेरै समय विताउँदै आएका उनको अस्ट्रेलियामा पनि घर छ । 'परिवार उतै भएकाले अस्ट्रेलियाको कम्पनी नछाडेको हु“,' उनले भने । उनका अनुसार ब्रोडलिंक नेर्टवर्क एन्ड कम्प्युनिकेसन इन्टरनेट सेवा प्रदायक संस्थाका रूपमा झन्डै ६ वर्षघि दर्ता भएको थियो ।
सन् २००९ को नोभेम्बरमा बानेश्वरका कृष्ण टावरमा पहिलो टावर राखेर सुरु भएको ब्रोडलिंकले केही महिनाअघि औपचारिक रूपमा सेवा सुरु गरेको छ । २०११ भित्र तर्राई र मुख्य सहरका सबै क्षेत्रमा वाइफाई इन्टरनेट पुर्याउने योजना रहेको उनले बताए ।
अहिले राजधानी, पोखरा, हेटौंडा, नारायणघाट, बनेपा, गोरखा, दमौली, बेसीसहर, पाल्पालगायत स्थानमा ब्रोडलिंक सेवा पुर्याइसकेका छन् । भैरहवा, बुटवल, विराटनगर, सौराहा, टाँडी, धुलिखेल, धरान, इटहरी, दमक, झापा, नेपालगन्जवासीले पनि छिट्टै वाइफाई इन्टरनेट चलाउन पाउनेछन् ।
उनले पाटनको मुनलाइट सेकेन्डरी बोर्डिङ स्कुलमा पढ्थे । ६/७ कक्षामा पढ्दा स्कुलमा भित्रिएको कम्प्युटर हेरेका उनले एसएलसी पास गरेपछि घरमा आएको नया कम्प्युटर चलाएका थिए । दिल्लीको सेन्टर पिटरबाट आइएसी गरेका उनीले त्यहा बाट नेपाल फर्किएपछि ११ वर्षघि एआइआईटीबाट डिप्लोमाको कोर्स पूरा गरेका हुन् । डिप्लोमा कोर्स सकेपछि अमेरिकाको एक कम्पनीका लागि नेपालमा सफटवेयर निर्माण गर्ने काम सुरु गरे । कामको सिलसिलामा उनी मध्यपूर्व पुगे । घर छाडेर काम गर्ने नेपाली र अन्य मुलुकका नागरिकलाई फोन गर्न सजिलो होस् भनेर कलिङ कार्ड कम्पनी खोले । त्यसपछि साथीहरूसग मिलेर सन् २००७ मा सिंगापुरमा त्यस्तै कम्पनी सञ्चालन गरे । २००९ मा उनीहरूले मलेसिया र हङकङमा पनि त्यही व्यवसाय सुरु गरे ।
प्रविधिका नया उपलब्धि हासिल गरेको मुलुकमा प्रतिस्पर्धा गरिसकेका उनी नेपाली बजारमा कम प्रतिस्पर्धा भए पनि सेवा विस्तार चुनौतीपूर्ण रहेको रहेको बताउँछन् । नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनीले यो सेवा सुरु गरेको डेढ दशक नाघिसकेको छ । यस्तै त्यस्ता कम्पनीको संख्या तीन दर्जनभन्दा बढी छ । त्यस्तो हुदा पनि सधै र सबै सेवा प्रदायक कम्पनीहरू सहर केन्द्रित भएको उनलाई पटक्कै मन परेको थिएन । त्यही कारणले उनी अहिले मुलुकभर सेवा विस्तारमा छन् ।
पछिल्लो समयमा ठूलो लगानीमा सञ्चालनमा आएका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू पनि डाटा सेवातिर केन्द्रित हुदै गएको अवस्थामा आइएसपीलाई असहज हुन सक्ने कुरालाई उनी नकार्दैनन् । तर उनमा सफल हुने धेरै विश्वास छ । 'दूरसञ्चार कम्पनीसग जिएसएम र थ्रिजीको ब्यान्डमा सेवा सञ्चालन गर्न सक्ने क्षमता छ,' उनले भने, 'तर हामी सबै आइएसपीले २ दशमलव ४ मेगाहर्ज ब्यान्डमा काम गर्नुपर्छ जसमा कम्पनीहरूबीचको सिग्नल जुध्ने सम्भावना बढी हुन्छ ।' उनी सरकारले वाइम्याक्स सेवा दिए आइएसपीलाई पनि सेवा विस्तारमा धेरै सजिलो हुने बताउछन् ।
भिन्दै फिक्वेन्सी नपाउँदा काठमाडौंमा २/३ किमिभित्र एउटा टावर राख्नुपर्ने भएकाले खर्च बढेको उनले बताए । तर उपत्यका बाहिर त्यसैले १० किलोमिटरसम्म काम गर्छ । यसो त ठूला दूरसञ्चार कम्पनीको प्रिmक्वेन्सीमा भ्वाइस र डाटा सेवा सगै हिड्ने भएकाले उनीहरूलाई पनि भ्वाइस सेवासगै डाटा सेवा चलाउन सजिलो नहुने उनले बताए ।
आफू जन्मिएको देशमा भित्र्याएको यी दुई सेवाबाट सन्तुष्ट हुने सुरमा भने उनी छैनन् । 'ब्रोडलिंक वाइफाई र ब्रोडटेललाई नेपालमा स्थापित गराएपछि मेरो एउटा 'डि्रम प्रोजेक्ट' छ, त्यो हो फाइवर टु होम,' उनले भने । यसबाट उपभोक्ताले सहजै रूपमा डाटा (इन्टरनेट) र भ्वाइस (फोन) सेवाका साथै आइपी टेलिभिजन हेर्न पाउँछन्। उनले तत्काल यो सेवा सुरु नगरे पनि यसबारे अध्ययन गरिरहेको बताए । 'यसमा आइएसपी कम्पनीसँग सहकार्य गर्ने योजना छ,' उनले भने ।
Source:- Ekantipur


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...