मोरङ (पानीट्याङ्की), माघ ७ - लोग्ने स्वास्नीको झगडा हुँदा मोरङको सिसवनी जहदा–९ का बासिन्दा किसन मुखियाले आफ्नै ५३ वर्षीया श्रीमती रामसियाको कोदालोले हानेर शुक्रबार बिहान हत्या गरेका छन् ।
श्रीमान् किसनले कोदालोले प्रहार गर्दा श्रीमती रामसियाको पेटबाट आन्द्राभुँडी बाहिर निस्किएको र उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बिहान ७ बजे बाटोमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
बिहान घरायसी विवादमा श्रीमान्–श्रीमतीबीच झगडा हुँदा एकअर्कालाई हतियार प्रहार गर्दा दुवै घाइते भएका थिए ।
श्रीमतीको धारिलो हतियार प्रहारबाट श्रीमान् किसनसमेत गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित नोबेल मेडिकल कलेज एन्ड रिसर्च सेन्टरमा उपचार भइरहको मोरङ प्रहरीले जनाएको छ । रासस

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...