यसरी हानियो थप्पड/झिना मसिना कुरामा अल्झन हुन्नः खनाल

नयाँ कार्यकर्तालाई स्वागत गर्दै झलनाथ खनाल (बाँया)
झलनाथलाई थप्पड हान्ने रेग्मीलाई प्रहरीले नियन्त्रणमा
 लिंदै (दाँया)  तस्विर सौजन्य ब्लाष्ट टाईम्स । 

इटहरी, माघ  - एमाले अध्यक्ष झलनाथ खनालले आफुलाई थप्पड हानेको विषयलाई झिना मसिना बताउँदै यसमा अल्झिन नहुने बताएका छन् । बिहीबार इटहरीमा भइरहेको कार्यक्रममा आफुलाई थप्पड हानिए पनि उनले अन्य पार्टीबाट आफ्नो पार्टीमा नव प्रवेशीहरुलाई टीका लगाइदिने काम रोकेनन् ।
साथै मन्तब्यका क्रममा पनि उनले त्यस विषयमा चर्चा गरेनन् । मन्तब्य सकिएपछि मञ्चबाट बाहिरिंदै गरेका खनाललाई संवाददाताहरुले प्रतिक्रिया माग्द संक्षिप्तमा भने, 'यस्ता झिना मसिना कुरामा अल्झिना हुन्न ।'
पार्टी अध्यक्ष खनालले घट्नालाई झिनामसिना बताएपनि एमालेको सुनसरी जिल्ला कमिटीले भनेसचिवालयको बैंठक बसेर उपाध्यक्ष मोतिराज सुनुवारको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको छ ।
समितिका सदस्यहरुमा केशब बिष्ट र नन्द बस्नेत रहेका छन् । सो समितिले ५ दिनभित्र घटनाको प्रतिवेदन सार्वजनिक गर्नेछ । खनाललाई कुटेपछि इटहरीको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
घट्ना विवरण
मञ्च वरिपरि चार दर्जनभन्दा बढी सुरक्षाकर्मी तैनाथ थिए । एमालेको युवा दस्ता युथफोर्सका ५ दर्जन युवाहरु पनि स्वयम् सेवकका रुपमा मञ्चमाथि र वरिपरि बसेका थिए । मञ्चको मुख्य भागमा एमालेका अध्यक्ष झलनाथ खनाल उत्साहित मुद्रामा पार्टी प्रवेश गरेका नयाँ कार्यकर्तालाई रातो टिका लगाएर स्वागत गरिरहेका थिए ।
कांग्रेस, माओवादी र राप्रपाबाट तातीका ताती युवाहरु पार्टी प्रवेश गरिरहँदा मञ्चको अघिल्लो भागमा रहेका एमालेका ५ सय भन्दा बढी कार्यकर्ताहरु हुटिगं गर्दै तालि बजाईरहेका थिए । नयाँ कार्यकर्ता प्रवेशबाट उत्साहित खनाल, एमाले कोशी अञ्चल कमिटीका संयोजक राजेन्द्र गौतम, सचिव जीवन घिमिरे, सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीलगायत नेताहरु पनि प्रफुल्लित मुद्रामा थिए ।
नयाँ कार्यकर्ता प्रवेशको तेस्रो चरणका युवाहरुसंगै ऊनीको टोपी, कोट लगाएर एक व्यक्ति पनि मञ्चमा चढे । उमेर बृद्ध जस्तो देखिने उनी मञ्चमा देखिन साथ एमाले अध्यक्ष खनालले खुसी हुँदै हात मिलाए । हात मिलाइसकेपछि निधारमा रातो टिका लगाईदिन खोज्दा उनले टिका लगाउन अस्विकार गरे । टिका लगाइदिन खोज्दा खनालको हात पन्छाएका थिए ।
हात पन्छाएपछि खनालले दुवै हात तल झारेका थिए । त्यही मौका छोपेर ती व्यक्तिले मञ्चमा उभिरहेका खनालको देव्रे गालमा दाहिने हातले एक थप्पड हिर्काए । थप्पड खानसाथ खनाल झस्किएर पछाडी हटेका थिए । खनालको चश्मा पनि भुइमा झरेको थियो । चश्मा झर्दा खनालको दाहिनेपट्टीको नाकको डेढीमा खुन आउने गरि काटेको थियो ।
खनालको सुरक्षाका लागि मञ्चमै बसिरहेका उनका सुरक्षागार्ड मानराज बाँनिया पनि हेरेको हेर्यै भए । उनी पनि आत्तिदै खनाललाई कुट्ने ती व्यक्तिलाई थकेल्दै मञ्च बाहिर निकालेका थिए । खनालले सार्वनिक कार्यक्रममा सबैले देख्ने गरि थप्पड खाएपछि माहोल एकाएक तातिएको थियो ।
कार्यकर्ताको भीड ती कुट्ने व्यक्तितर्फ केन्द्रित भएको थियो । तत्काल प्रहरीको नियन्त्रणमा रहेका उनलाई नवप्रवेश तथा पुराना कार्यकर्ताहरुले कुटपिट गर्न थालेपछि प्रहरीलाई जोगाउन निकै हम्मे परेको थियो ।
प्रहरीको नियन्त्रणमा रहेका अवस्थामा ति ब्यक्तिले आफु सुनसरीकै भरौल १ निवासी देवीप्रसाद रेग्मी भएको बताए । किन थप्पड हान्नु भएको ? प्रश्न गर्दा उनले देशलाई बर्बादीतर्फ लगेकाले नेताहरुलाई सचेत गराउनका लागि अध्यक्ष खनाललाई थप्पड हानेको बताए । उनले आफूलाई कसैले पनि परिचालन नगरेको दावी गरे । आफ्नै स्वविवेकले हिर्काएको बताए ।

1 comment:

  1. ye neta haru lai ta lata lata le po hannu parne ho

    ReplyDelete

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...