इलाममा तस्करहरुले वनरक्षकमाथि गोलि हानेको खबर सेलाउन नपाउँदै अर्को फेरी त्यस्तै घटना भएको घटेको छ उदयरपुरस्थित पञ्चावती जंगलमा ।
![]() |
| दुई दिन अघि इलामको वन कर्मचारीविच भएको आक्रमणमा घाईते बन कर्मचारी उपचार गराउँदै विर्तामोडको कञ्चनजंघा अस्पतालमा । फोटो :- नागरिक ईपेपर |
अवैध काठ तस्करी भइरहेको सूचनाका आधारमा खटिएको गस्ती टोलीमाथि गोली प्रहार गरी आक्रमण भएपछि जवाफी फायरिङमा गोली चलाइएको जिल्ला वन अधिकृत शान्तमुनि ताम्राकारले बताए । तस्करीमा संलग्न अपरिचित समूहले स्थानीय जंगलमा वन फँडानी गरिरहेको खबर पाएपछि गस्तीमा खटिएको सशस्त्र टोलीमाथि तस्कर समूहले आक्रमण गरेको उनले बताए । आक्रमणपछि सुरक्षाकर्मीको तर्फबाट जवाफी गोली चलाइएको थियो । गोलीबाट मानवीय क्षति नभएको उनले जनाए । वन सुरक्षा टोलीले काठ काट्ने बञ्चरोलगायत बन्दोबस्तीका सामानसहित तीनजना पक्राउ गरेको छ । सिरहाको भदैया–७ का मोहम्मद वकिल मिया, जालिम मिया तथा सिराहा बस्तीपुर–९ का नथुनी साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई तीनवटा सखुवाका काँचो रुख ढालेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा संलग्न अर्को समूह भने भरुवा बन्दुकसहित फरार भएको छ । पक्राउ भएकालाई बिहीबार साँझ सदरमुकाम ल्याइ पुर्याइएको छ । सो क्षेत्र कटारी इलाका प्रहरी कार्यालयको सुरक्षा क्षेत्रभित्र पर्ने भएकाले कटारीबाट पनि सुरक्षाकर्मी पठाइएको इप्रका कटारीका इन्स्पेक्टर अनिल पौडेलले बताए । यता बुधबार दिउँसो वन कार्यालयले काठ चोरीमा संलग्न भएको आरोपमा छुट्टाछुट्टै स्थानबाट ८ जनालाई नियन्त्रणमा लिएको छ ।अभिशेक विक पक्राउ परेका छन्। उनीहरु सबैलाई वन हिरासतमा राखेर अनुसर्धान भइरहेको र दोषी ठहरिए वन ऐनअनुसार कारबाही गरिने वन अधिकृत ताम्राकारले बताए। विगत १० महिनायता काठ कटानी तथा निकासीमा सरकारी रोकपछि उदयपुरका विभिन्न भागका राष्ट्रिय र सामुदायिक वनक्षेत्रमा र्यापक अबैध काठ चोरी निकासी बढेको छ। दिनदिनै तस्करी बढेपछि सुरक्षागस्ती तिब्र पारिएको ताम्राकारले जनाए ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...