मलेसिया डायरी दिनेश कार्कीको सहयोगमा
मलेसियामा आएका चार जना नेपालीले आफु मेडिकल फेल भएको पाचँ महिनापछि थाहा पाएका छन । यसरी पाचँ महिनापछि थाहा पाउनेमा मोरगका यम वहादुर वस्नेत,कपिलवस्तुका मोहम्मत सालिम खान,नुवाकोटका हिमाल राइ र धनकुटाका सुदिप वहादुर खत्री रहेका छन ।
रावागको एक कम्पनीमा काम गरिरहेका उनीहरुलाई एक एजेण्टले मेडिकल अनफिट भएपनि काममा लगाईदिई रहेको र हाल उनीहरुले एक महिना देखि काम दिन छाडेको राम वहादुर रेग्मीले जानकारी गराएका छन ।उनीहरु केहि महिना अगाडि मात्रै सार्क ओभरसिज वानेश्वरवाट मलेसियामा आएका थिए ।
आफनै साथीको कुटाईवाट शेर्पाको मृत्यु
आफनै साथीको कुटाई पश्चात चार महिनाभन्दा वढी अस्पतालमा उपचार गराईरहेका एक नेपालीको मलेसियामा मृत्यु भएको छ । चार महिना सम्म अस्पतालमा उपचार गराईरहेका ताप्लेजुग जिल्ला साङथाका गाविस वडा न ८का लाक्पा दोर्जे शेर्पाको गत शुक्रवारका दिन निधन भएको हो ।
सात वर्ष अगाडि मलेसिया आएका शेर्पालाई धादिग जिल्ला जोगिमारा निवासी कुमार मल्लले कुटपिट गरेका थिए ।कुटपिट पश्चात उनको स्थानिय कुलाई अस्पतालमा भैरहेकोमा उपचारकै क्रममा निजको मृत्यु भएको हो । मल्ललाई आवश्यक अनुसन्धानको लागि प्रहरीले हिरासतमा लिएको छ ।
मलेसिया आएको तीन दिनमै तामागको मृत्यु
रोजगारीको शिलशिलामा मलेसियामा आईपुगेका एक नेपाली मलेसिया आएको तीन दिनमै मृत अवस्थामा फेला परेका छन ।
फुङ्गलीन गाविस वडा न ४ ताप्लेजुग घर भएका टिका तामाग मलेसिया आएको तीन दिनमानै मृत अवस्थामा फेला परेको हुन ।पेनाङको टुना टिम्वर प्लाउड कम्पनीमा काम गर्नकालागी तामाङ जनवरी ९ तारिखका दिन मलेसिया आएका थिए । जनवरी १० तारिखको दिनवाट काम थालेका उनको शव जनवरी १२ तारिखका दिन कम्पनी नजीकैको नरीवलको रुखमा घोप्टो अवस्थामा फेला परेको थियो ।
घटनालाई देख्नेहरुले दिएको जानकारी अनुसार उनको शरिरमा केहि निलडामहरु देखिन्छन । हाल शवलाई प्रहरीले पोष्टमार्टमको लागि अस्पतालमा लगेको छ ।
यसैगरी सोहि गाविस वडा न ३ निवासी चन्द्र वहादुर शिवा सुतेको सुत्यै भएका छन ।कुलागको १३ तारिखका दिन राति सदाको दिनमा झै काम सकाएर सुतेका थिए तर अर्काे दिन हेर्दा उनको मृत्यु भैसकेको थियो । यो हप्ता मात्रै ताप्लेजुग जिल्लाका तीन जनाको मलेसियामा विभिन्न कारणले मृत्यु भएको अनिल पालुगाले जानकारी गराएका छन ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...