झापा आन्दोलनका योद्धालाई सहयोग


झापा आन्दोलनका योद्धा सानुदुर्गा अधिकारीलाई पेशागत महासंघ नेपालले तीनलाख रुपैया सहयोग गरेको छ ।
नेकपा एमालेका पुरानाकार्यकर्ताका रुपमा परिचित अधिकारीलाई राजधानीमा आयोजित एक कार्यक्रमका विच पार्टीका अध्यक्ष झलनाथ खनालले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
झापाको मेचीनगर नगरपालिका ३ धुलावारी घर भएका अधिकारीलाई महासंघ नेपालका अध्यक्ष केदार संजेलले विभिन्न संघ संस्थावाट संकलित रकम घर निर्माणका लागि प्रदान गरेको वताउनुभयो ।
झापा आन्दोलनका क्रममा १७ वर्ष जेल जीवन समेत विताएका अधिकारीको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले सहयोग गरिएको संजेलले वताउनुभयो ।महासंघले अधिकारीलाई निःशुल्क औषधी उपचार गर्ने र छोरीलाई प्रवेशिका परीक्षा उत्तीर्णपश्चात मेडिकल पढ्न सहयोग गर्ने समेत जनाएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...