प्रत्येक तानाशाहको पछाडि महिलाको हात


भनिन्छ प्रत्येक सफल पुरुषको पछाडि महिलाको हात हुन्छ । तर, सफल पुरुष पछाडि महिलाको हात भएजस्तै तानाशाह पुरुषको पछाडि पनि महिलाको हात रहेको देखिएको छ । फ्रान्सको क्रान्ति निम्त्याउन राजा लुईकी श्रीमती मेरीको पनि हात थियो 

अपिकी राष्ट्र ट्युनिसिया अहिले आन्दोलनले लपेटिएको छ । ट्युनिसियाको जनअदालतले त्यहाँको तानाशाहका रूपमा परिचित राष्ट्रपति नेता जिन अल अविदानी वेन अलीकी श्रीमती लैला टार्वेसी पनि भिलेनका रूपमा परिचित छिन् । ट्युनिसियाले अहिले भोगिरहेको आक्रान्तका लागि दोषीमध्ये एक राष्ट्रपतिकी श्रीमती लैला पनि जिम्मेवार छिन् 
देशबाट अपदस्थ भएर भाग्दा पनि लैला डिजाइनर पहिरनसहित डिजाइनर चस्मा लगाएर ठाँटिएकी थिइन् । यता जनतालाई भने बिहान र बेलुका चुलो बाल्न धौ-धौ परेको छ । देश छाडेर भाग्दा पनि राष्ट्रपतिले राष्ट्रिय ढुकुटीबाट करिब ६ अर्ब डलर लिएर गए । उनीहरूले ट्युनिसियाको राष्ट्र बैंकबाट पैसा लिएर साउदी अरेबियामा भागेका छन् 
जिम्माबेका राष्ट्रपति रोबर्ट मुगाम्बेकी श्रीमती ग्रेस मुगाम्बेलाई खुसी पार्न अधिकांश मन्त्री जुट्छन् । श्रीमतीको अनुमतिविना मुगाम्बेको क्याबिनेटमा कुनै हेरफेर नहुने बताइन्छ । जिम्बाबेमा मन्त्री तथा सरकारी अधिकारीहरू राष्ट्रपतिभन्दा उनकी श्रीमतीको हुकुम मान्छन् । म्याडम रिसाउलिन् भनेर सधैँ मन्त्री र सरकारी अधिकारीहरू सचेत रहन्छन् । विश्वमा असाध्यै चलाख, तार्किक तानाशाहका रूपमा चिनिएका मुगाम्बे श्रीमतीका अगाडि कमजोर बन्ने गरेको बताइन्छ 
यसैगरी फिलिपिन्सकी राष्ट्रपति श्रीमती इमाल्डा मार्काेसलाई कसले बिर्सन सक्छ र ? रोमानियाकी एलिना सियासिक्कु पनि यस मामलामा प्रख्यात छिन् । अत्यन्त बलिया सेनाका रूपमा चिनिने नाइजेरियाको पूर्वसैनिक तानाशाह सानी अबाचा राष्ट्र बैंकबाट लाखाँै रुपैयाँ आफ्नो खातामा सार्न गभर्नरलाई आदेश दिँदा सबै श्रीमतीका साथमा हुन्थे 
श्रीमतीविना उनी कहिल्यै पनि सरकारी ढुकुटीको पैसा आफ्नो खातामा सार्न आदेश दिन नसक्ने टिप्पणीकर्ताले बताएका छन् । सानीलाई आफ्नो सरकारी पैसा आफ्नो खातामा सार्न श्रीमती मेरियम अबाचाले उक्साउने गरेको भित्रियाहरू बताउँछन् । यसैगरी घानाका तानाशाह जेरी रोलिगङ्स श्रीमतीको अनुमतिविना मन्त्रीलाई बर्खास्त गर्न पनि सक्दैन थिए 
त्यस्तै आइभोरी कोस्टमा राजनीतिक तनाब चरमउत्कर्षमा पुगेको थियो । जनता तानाशाह शासक लोरेन्ट ब्याग्बोको राजीनामाको माग गर्दै सडकमा उत्रिएका थिए । आन्दोलनमा जनता मरिरहेका थिए । तर पनि श्रीमती सिमोन ब्याग्बोले जनतासँग श्रीमान्लाई सम्झौता गर्न दिइनन् । कुनै पनि हालतमा सम्झौता नगर्न आदेश दिएकी थिइन् उनले । एक स्थानीय पत्रिकामा लोरेन्ट श्रीमतीसँग डरले थरथर काम्दै गरेको कार्टुन छापिएको थियो 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...