जाजरकोट, माघ १७ - जिल्लाको ढीमे गाविस वडा नं १ दम्दालामा आगलागि हुँदा १२ लाख क्षती भएको छ । स्थानीय खड्गबहादुर थापा र नीमबहादुर थापाको घरमा आगो लाग्दा उक्त क्षती भएको हो ।
आगलागिबाट दुईवटा घर जलेर नष्ट भएका छन् । घरभित्र भएको अनाज , कपडा , भाडावर्तन , नगद समेत गरी १२ लाख बराबरको धनमाल नोक्सान भएको प्रहरी चौकी पाँचकाटीयाले जनाएको छ ।
शनिबार राति छिमेकमा धामीले भूतलाई भगाउन आगोको अगुल्टा अन्धा धुन्द फाल्दा आगलागि भएको प्रत्यक्षदर्शी डिल्ली बहादुर थापाले बताए ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...