मीना राई
दक्षिणकोरीया(सउल)
दक्षिणकोरीयामा रहेका रघु त्रीपाठी नाम गरेका एक व्यक्तिले आफु अनुकुल समाचार नलेखेको भन्दै पत्रकारलाई भौतिक कार्वाहि गर्ने धमंकि दिएका छन । गत साता बिभिन्न सञ्चार माध्यममा आएको कोरीयामा पत्रकारको नाममा लाखौं ठगि सम्वन्धित निकाय मौन शिर्षक मा प्रकाशित समाचारलाई लिएर उनले यसरी धम्की दिएका हुन् ।
सो समाचार प्रकाशित भएपछि आक्रोषमा आउदै त्रीपाठीले अश्लिल गालि गलौज सहित यसरी धम्कि दिएका हुन । ईश्वरी खत्री द्धारा लेखिएको उक्त समाचारलाई कोरियामा रहेका अन्य पत्रकारको समेत हात रहेको भन्दै यसरी कार्वाहिको धम्कि दिएका हुन ।
कोरियामा रहेका नेपाल वाणि नेटर्वक तथा नागरिक दैनिकका प्रतिनिधि मीन प्रकाश उप्रेती लाई उक्त समाचार ईश्वरी खत्रीको नामबाट आफैले प्रकाशित गरेको भन्ने आरोप लगाउदै जनस्थरबाट कार्वाहि गर्नेभन्दै कोरिया स्थित एक अनलाईन मार्फत उनले यसरी धम्कि दिएका हुन ।
यस अघि सांघू सप्ताहिक मा भ्रष्टचारको समाचारमा उनको हात रहेको भन्ने कुरा प्रकाशमा आएपछि सो पत्रिकाका संपादक गोपाल बुढाथोकीलाई फोन बाट आफु कम नरहेको सोपत्रिका प्रकाशन गर्ने सम्पुर्ण सामाग्रि किन्न सक्ने क्षमता अफु संग रहेको भन्दै अमर्यादित व्यवाहार गरेको समाचार प्रकाशित भएको एक साता बित्न नपाउदै उप्रेतीको ंकार्वाहिको धम्किलाई कोरियामा रहेका पत्रकारहरुले गम्विरताकासाथ लिएको कञ्चनजंघा एफएमको कोरिया प्रतिनिधि पूनम सिटौलाले बताईन ।
उता पत्रकार मीन प्रकाश उप्रेतीले एक विज्ञप्ति प्रकाशित गरि सो समाचारमा आफनो हात नरहेको बताउदै बिना आधार र प्रमाण लगाईएको सो आरोपको खण्डन गर्दै आपत्ति प्रकट गरेका छन । किन र कुन उदेश्यले त्रीपाठीले यसरि आरोप लगाएका हुन तत्काल प्रमाणित गर्न चुनौति दिदै आवश्यक कार्वाहिकोलागी सम्वन्धित निकायलाई लिखित जानकारी गराएको बताएका छन । यसै गरि उप्रेतीले पत्रकार ईश्वरी खत्री लाई सर्वजनिक हुन अपिल गर्दै सत्य र सांचो समाचार भए पत्रकारकै किन नहोस कलम चलाईरहन अनुरोध गरेका छन । उप्रेतीले विज्ञप्तिको अगाडि भनेका छन लामो पत्रकारिताको छबिलाई धमिल्याउन त्रीपाठीले कुटनितिज्ञ यादव खनाल तथा कोरियाका प्रतिश्ठित व्यात्ति रुद्र शर्मा र मोजकार्कीको सेमत नाम रहेको समाचारमा मेरो नाम आउनु दुराशय युक्त र पुर्वाग्रहि बताएका छन ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...