रत्न प्रजापति
ऊर्जाशील युवा विकासका संवाहक हुन् । मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक विकासका लागि ऊर्जाशील युवाको योगदान सधैं अपेक्षित हुन्छ । युवाको सक्रिय सहभागिता, उनीहरूको सेवा, समर्पण र त्यागविना मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक क्रियाकलाप सुचारुरूपमा सञ्चालन हुन सक्दैनन् । युवाको हृदयदेखि नै स्वतःस्फूर्तरूपमा जागेर आउने सेवाभावले मुलुकमा आइपर्ने दैवी विपत्तिसँग सामना गर्न राज्यले भरपर्दो स्रोत प्राप्त गर्दछ । तर राष्ट्रियताको सवालमा सधैं एकजुट हुनसक्ने यस्ता युवालाई निराश, हतास र उदास भएर आˆनो व्यक्तित्व निर्माण गर्ने र भविष्य खोज्ने आशामा विदेशपलायन हुन केले बाध्य पारिरहेको छ ? अतः यसतर्फ जिम्मेवार निकायले गम्भीरतापूर्वक चिन्तनमनन गरी सम्पूर्ण युवालाई आˆनै देशको राजनीतिक, आर्थिक र सामाजिक क्रियाकलापमा क्रियाशील हुन अवसर प्रदान गर्न पहल गर्नु आवश्यक भइसकेको छ ।
कतिपय युवाहरू मुलुकको भद्रगोल राजनीतिक अवस्था र खस्किँदै गएको आर्थिक तथा सामाजिक अवस्था देखेर वाक्कदिक्क भई अवसरको खोजीमा विदेशपलायन भएका छन् भने । कतिपय युवा गरिबीले ग्रस्त भई केही राहत पाउने आशामा आयआर्जनको खोजीमा विदेशपलायन भएका छन् । परराष्ट्र मन्त्रालयको प्राङ्गणमा हेर्यौं भने हामीले देख्नसक्छौं विदेशपलायन हुन चाहने युवाको भीडलाई । यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानकक्षमा गएर हेर्यौं भने हामीले देख्न सक्छौं विदेशपलायन हुने युवाको लर्कनलाई ।
अवसरको खोजीमा विदेसिने युवा अवसर पाएपछि उतै कमाउँछन् र उतै रमाउँछन् । आयआर्जनको खोजीमा विदेसिने युवा बिरानो देशको माटोमा आˆनो पसिना, रगत र आँसु बगाउँछन् र बदलामा दुई चार पैसा कमाउँछन् । आˆना वृद्ध अथवा रोगी बाबुआमा, स्वास्नी र छोराछोरी भोकै होलान् भनेर त्यही पैसा आफूले खाईनखाई स्वदेशमा पठाउँछन् । त्यही पैसाले अधिकांश नेपालीको घर चल्छ । त्यही पैसाले देशको अर्थतन्त्र चल्छ तर कतिन्जेल चल्छ ? सोच्नुपर्ने भइसकेको छ । आˆनै देशको जमिन बाँझो पारेर गएका युवाले बिरानो देशको जमिनलाई हराभरा पारिरहेछन् । उद्योगधन्दा चलाइरहेछन् र आर्थिक उत्पादन बढाइरहेछन् । बदलामा उनीहरूले थोरै ज्याला पाइरहेछन् । तैपनि नेपाली युवा त्यही शोषण भोग्नका लागि विदेश जान बाध्य छन् । यता आˆनै जमिन बाँझो पल्टिँदा प्रतिदिन उत्पादन घट्दै गएको र खाद्यान्नका लागि देश परनिर्भर हुँदै गएको छ । सरकार भने त्यही शोषणमा परेर नेपाली युवाले बल्लतल्ल पठाएको थोरै कमाइलाई 'रेमिटेन्स' को नाउँ दिएर देशको अर्थतन्त्र धानिरहेको छ भन्दै गर्व गरिरहेछ । कस्तो विडम्बना Û संसारसामु शिर उठाएर हिँड्ने वीर पुर्खाका सन्तानले विदेशी मालिकका सामु शिर झुकाएर पठाएको रेमिटेन्सले कतिन्जेल नेपालीको शिर उठिरहन्छ ?
कामदार विदेसिएकाले मुलुकका ठूला आयोजनामा कामदारको अभाव खट्किएको सम्बन्धित विज्ञहरू बताउन थालेका छन् । चालु आर्थिक वर्षमा रु. १५ करोडभन्दा माथिका ७२ वटा ठूला आयोजनाका लागि रकम विनियोजन गरिएको छ । यस्ता ठूला आयोजना समयमा सम्पन्न गर्न आवश्यक श्रमशक्तिको अभाव टड्कारो रूपमा देखिन थालेको छ भने वाषिर्क झन्डै दुई लाखको हाराहारीमा नेपाली युवा विदेसिएका छन् । नेपाली युवा विदेसिने यही स्थिति कायम रहे आगामी दिनमा नेपालका आयोजनाका लागि विदेशबाट कामदार माग्नुपर्ने स्थिति आउनसक्ने सम्भावना छ । अर्को ठूलो चिन्ताको विषय हो मुलुकको आर्थिक वृद्धिदरमा र्हास आउनु । युवा कामदार विदेसिएकैले नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का आदि दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदरमा र्हास आएको र गन्तव्य मुलुकहरूको चाहिँ आर्थिक वृद्धिदर बढेको एक आधिकारिक तथ्याङ्कले त्यसैले अब रेमिटेन्सले मुलुकको अर्थतन्त्र धानिरहेको छ भनेर ढुक्कले बस्ने स्थिति छैन र युवा कामदारहरूको विदेशपलायनलाई रोक्ने वैकल्पिक उपायको खोजी गर्नैपर्ने भएको छ ।
आˆनो देशमा पर्याप्त अवसर नभएको र भएको अवसर पनि राजनीतिक नेताहरूले भागबन्डा गरी आˆनै कार्यकर्ता र आफन्तलाई मात्रै बाँड्ने भएकाले नेपाली युवाहरू कोही अवसरको खोजीमा र कोही आयआर्जनको खोजीमा विदेसिएपछि अहिले गाउँघरमा मर्दाका मलामी र पर्दाका जन्ती पाउन पनि मुश्किल पर्दै गएको छ । गाउँगाउँमा भिटामिन ए र खोप कार्यक्रम चलाउन युवा स्वयंसेवक पाउन पनि गार्हो हुँदै गएको छ । यस्तो अवस्थामा गाउँमा बाढी, पहिरो, भूकम्प, आगलागी, महामारी आदि विपत्ति आइलाग्यो भने बूढाबूढी, आइमाई र केटाकेटीले मात्रै के गर्न सक्लान् ? सोचनीय भएको छ ।
नेपालको हरेक परिवर्तनकारी क्रान्ति र आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका युवाहरू राजनीतिक वृत्तमा देखिएको सत्तालिप्सा नातावाद कृपावादले पीडित भएर त्यही बिगि्रएको राजनीतिलाई दोष दिंदै विदेसिन बाध्य छन् । युवालाई ऐनमौकामा उपयोगमात्रै गर्ने राजनीतिक नेताहरूको स्वार्थी प्रवृत्ति र युवाको आवश्यकतालाई पहिचान गर्न नसक्ने सरकारी व्यवहारले युवाहरू राज्यप्रति उदासीन बन्न थालेका छन् । यसैका कारण युवावर्गमा भएको ऊर्जामा पनि र्हास आउन थालेको छ । केही सक्षम ऊर्जावान युवाले विदेशमा गएर पनि आˆनो ऊर्जाको प्रदर्शन गरेका छन् तर त्यो ऊर्जाले नेपालमा भने उज्यालो छर्न सकेको छैन । यही नै हो नेपालको दुर्भाग्य । यहींको ऊर्जाले संसारमा उज्यालो छर्न मद्दत पुगिरहेको छ, तर यहाँ भने दिन प्रतिदिन अँध्यारो बढ्दै गइरहेको छ । सरकारले आˆनै देशमा भएको ऊर्जालाई चिन्न नसक्दा यस्तो अँध्यारो भोग्नुपरेको हो । युवापलायनको अहिलेको गतिलाई रोक्ने प्रयास नगर्ने हो भने मुलुक अझै अँध्यारोको भासमा भासिँदै जानेछ ।
राष्ट्रियता र विकासका नाउँमा फोस्रा भाषणमात्रै दिएर नेताहरूले देशलाई उल्टो दिशामा डोर्याइरहेका छन् । व्यक्तिगत र पार्टीगत स्वार्थका कारण उनीहरूले देशलाई बर्बादीतर्फ धकेलिरहेका छन् । राष्ट्रियताको सवालमा समेत उनीहरू देशको छविलाई धमिल्याउन उद्यत छन् । राष्ट्रियताको सवालमा हाम्रा नेताहरू अलिकति पनि गम्भीर बन्न सकेका छैनन् । तिनले गर्ने राष्ट्रियताको कुरा फोस्रा भाषण मात्रै हुन् र चुनाव जित्नका लागि जनतालाई प्रभावित पार्ने दाउपेचमात्रै हुन् । नेताहरूको यस्तै पावरमुखी चरित्रले युवावर्गमा निराशा र देशप्रति वितृष्णा जागेको हो । थुप्रै आशा र विश्वासले परिवर्तनकारी आन्दोलनमा होमिएका युवाका मनमा चोट लागेको छ । देशबाट एउटा चिनारीबाहेक उनीहरूले अरू केही पाउन सकेका छैनन् ।
युवालाई साथ लिएर देश विकासका लागि दिशानिर्देश गर्नुपर्ने राजनीतिक पार्टीहरू आफैं दिग्भ्रमित छन् । सत्तालिप्सा र व्यक्तिगत तथा पार्टीगत स्वार्थले लिप्त छन् । अहिलेको राजनीतिले राजनीतिका नाउँमा वैचारिक र भौतिक द्वन्द्वबाहेक देश र जनताका लागि केही दिन सकेन । बाहिरबाहिर सहमतिको राग अलापेर भित्रभित्रै बिमतिको रणनीति रच्दै राजनीतिमा खेलिरहन चाहने राजनीतिका गैरजिम्मेवार खेलाडीका कारण देशमा आर्थिक तथा सामाजिक असन्तुलन बढ्दै गएको छ । गरिबीले जनता आक्रान्त छन् । एकातिर गरिब जनताका छोराछोरीले गरिखाने अवसर घट्दैछ अर्कोतिर भएका अवसर पनि मिलेमतोमा चल्ने तिनै नेता, व्यापारी, ठेकेदार र भ्रष्ट कर्मचारीकै मुठ्ठीमा सीमित भएका छन् । नेताहरूले राष्ट्रियताको फोस्रा भाषण र विकासको झुटा आश्वासन दिएर ऐनमौकामा तिनै बेरोजगार युवालाई नै प्रयोग गर्ने र तिनैलाई सडकमा उतारेर आˆनो राजनीतिक स्वार्थसिद्ध गर्ने रणनीतिमात्रै अपनाएकाले धेरै युवा बेरोजगार बने र रोजगारीका लागि विदेश भासिनुपर्यो ।
राजनीतिक परिवर्तनले नै मुलुकमा विकासको ढोका खोल्छ भन्ने विश्वासले आन्दोलनमा उत्रिएका युवा राजनीतिक परिवर्तनपछि पनि मुलुकमा विकासको कुनै सम्भावना नदेखिएकाले निराश छन् । मुलुकमा विकासको सट्टा झन् बढी बेथिति र विसङ्गति बढेकाले लाखौं युवाका मनमा पलाएका आशा र विश्वास पनि त्यत्तिकै टुटेका छन् । फलतः निराश युवा रोजगारीका लागि विदेसिन बाध्य भएका हुन् । मुलुकका लाखौं ऊर्जाशील युवा विदेसिएपछि जति आकर्षक रेमिटेन्स भित्रिए पनि अन्ततः मुलुकका लागि दुर्भाग्य नै हो । त्यसैले यसतर्फ समयमै ध्यान जानु आवश्यक छ ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...