पर्वत पोर्तेल
सिलिगुडी, माघ ७ - वंगाल सरकरले शुक्रवार विहानैदेखि जलपाइगुडीको डुवर्स क्षेत्रमा केन्द्रीय अर्ध सैनिक वल (सीआरपीएफ) परिचालन गरेको छ ।
गोर्खा जनमुक्ति मोर्चाको पद यात्रालाई मध्यनज गर्दै एक कम्पनी अर्ध सैनिक वल परिचालन गरिएको हो । यसअघि दार्जिलिङमा तीन कम्पनी वल तैनाथ गरिसकिएको छ । सीआरपीएफ तैनाथ गरेर वंगालले पदयात्रामा दमन गर्न सक्ने अनुमान राजनीतिक विश्लेशकहरुले गरेका छन् । गत १६ जनवरीका दिन मोर्चाको विरुद्धमा आमरा वंगाली नामक एक जातीय संगठनले आव्हान गरेको वन्दका क्रममा मोर्चा र वगाली कार्यकर्तावीच भुटानको सीमाना जय गाउँमा झडप भएको थियो । उक्त घटनापछि जलपाइगुडी प्रशासनले अनिश्चितकालीन श्रपमा कफ्र्यू आदेश जारी गरेको थियो । प्रशासनले हिंसा भड्कन सक्ने भन्दै मोर्चाको पदयात्रालाई तीन दिनदेखि अवरोध गरिरहेको छ । मोर्चाका अध्यक्ष विमल गुरुङको नेतृत्वमा १८ जनवरीदेखि गोरुवथान-जयगाउसम्मको पदयात्रा आरम्भ गरिएको हो । पदयात्रीलाई सुरक्षाको कारण देखाउदै प्रहरीले तेश्रो पटक फर्काएको छ ।
विहीवार डुवर्सको नेपालीभाषि वाहुल्य क्षेत्र जलढाकामा पदयात्रीलाई प्रशासनले रोकेको थियो । यसैवीच मोर्चा अध्यक्ष गुरुङले डुवर्स प्रवेशका लागि अनुमति दिन प्रशासनलाई तीन दिने अल्टिमेटम दिएका छन् । गुरुङले भनेका छन्,'तीन दिनभित्र पनि अनुमति नदिए प्रशासनको आदेश अवज्ञा पनि गर्न सक्छौ ।' गुरुङको यस्तो अभिव्यक्तिले डुवर्समा तनाव हुन सक्ने आशंका उव्जाएको छ ।
साम्रदायिक संगठन आमरा वंगाली र आदिवासी बिकास परिसदको एउटा खेमाले मोर्चाको पदयात्राको तीव्र विरोध गर्दै आएको छ ।
मोर्चाले दार्जिलिङ, तराई र डुवर्सलाई समेटेर गोर्खाल्याण्ड निर्माण गर्नुपर्ने मागलाई तीव्र पारेपछि यहाका केही जातीय संगठन वंगाल सरकारको दवावमा विरोधमा ओर्लिएका हुन् । वंगाल सरकारले जातीय संगठनलाई अघि लगाएर साम्प्रदायिक दंगा भड्काउने षडयन्त्र गरिरहेको मोर्चाका केन्द्रीय सदस्य पी अर्जुनले फोनबाट जानकारी दिए
Image Courtesy:- Ekantipur


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...