के हामी साँच्चिकै गरिव छौं ?

मेरिना सुवेदी

Writer:-  Merina Subedi
नेपाल गरीब छ, नेपाली गरिब छन् भनेर प्रायःसंसार भर हाम्रो पहिचान बनिसकेको छ । अझ हामी आफू गरिब भएको कुरा जोडतोडले विश्वसामू विज्ञापन गरिरहेका छौं । किनकि गरिबीको विज्ञापन गरेर नै हामीले अनुदान तथा ऋण सहयोग जुटाउनु परेको छ । तर हामी किन गरिब भयौँ भनेर आत्मचिन्तन गरेर त्यसबाट पार पाउन सक्ने स्रोत, साधन र क्षमताको विकास गर्न हामी लागेनौं । कि भन्ने लागेको छ । 
विकसित मुलुकहरुले कसरी विकास गरे भनेर चिन्तन त गरेनौँ न कि लिन चासो नै देखायौँ । केही दशक अघिसम्म विकासको सूचिमा पछि परेको र सँगै भएका कैयौँ मुलुकहरुले उछिनेर हामीलाई पछि पार्दा समेत ती मुलुकहरुले कसरी उन्नती गरेछन् भनेर जान्ने र शिक्षा लिने जाँगर पनि चलाएनौँ । यस सम्बन्धमा विभिन्न ठाउँबाट विभिन्न प्रकारका प्रतिक्रिया आउँछन् । धेरैले नेपाललाई प्रकृतिले नै ठगेको छ, त्यसकारण हामी र हाम्रो देश गरिब भएको होभनेर भन्ने गरेको पाइन्छ । तर आजको दुनियाँमा यो कुरा कतिपनि सत्य हुन सक्दैन । बरु प्रकृतिले हामीलाई जे दिएको छ त्यसप्रति गौरव गर्नुपर्छ । संसारको सवैभन्दा अग्लो सगरमाथा आज हामीसँग छ, त्यत्तिकै पंक्तिबद्ध हिमश्रृखंलाहरु छन् । सधै अटुट रुपमा बगिरहने ससाना असंङ्ख्य नदीनालाहरु छन् । जसले गर्दा जलश्रोतमा विश्वकै दोस्रो धनी राष्ट्रका रुपमा चिनिन्छौँ । विश्वलाई नै मोहित पार्ने झरना, गुफा, तालहरु हाम्रो देशमा छन् । विश्वका अरु देशका नक्साको तुलना अरुभन्दा हाम्रो देश सानो भएतापनि प्राकृतिक विविधताको हिसाबले हामी अरुभन्दा धनी छौँ । प्रकृतिको काखमा रमाएर हुर्किरहेका औषधीयुक्त जडिबुटिहरु हाम्रा लागि प्रकृतिले दिएको बरदान हो । जलवायु एवम् मौसमी विविधतासँगै जसरी वनस्पतीमा विविधता छ, त्यसैगरी तराईका हात्तीगैँडा देखि हिमालका पाण्डा, यती आदीले दुनियाँका अरुलाई आर्कषित गरिरहेका छन् । हिमालका भिरहरुमा फलेका लालीगुराँसहरु सँग भाका मिलाउँदै नाच्ने नौरङगी डाफेमुनाल देखि तराईका सारस फोटोहरुमा मात्रै देख्दा पनि कति लोभलाग्दा छन् । पाउण्ड र डलरका मालिकहरु, अन्य साना भन्दा साना किराफट्याङ्ग्राहरुको विविधता, अनुसन्धानकर्ताहरुलाई तिनिहरुले गर्ने आर्कषण, उनीहरुको जीवनशैलीले धनविरहरुलाई दिने मनोरञ्जन कत्तिको महत्वको छ भनेर अनुमान लगाउनका लागि पनि हाम्रो देशबाट वर्षेनी विदेशीने बाँदरहरुले विदेशीहरुलाई मख्ख पारिरहेको कुरा मात्र बुझे पुग्छ ।
एशियाका तारा गौतम बुद्व जन्मिएको घर, खेलेको आँगन हामीसँगै छ । उनका करौडौँ अनुयायीहरु उनको जन्मस्थललाई महान तिर्थस्थल मानेर आउँछन् र आउँन चाहान्छन् । विश्वकै हिन्दूहरुको महादेवको सबैभन्दा ठूलो मन्दिर पनि हामीसँग मात्र छ । सारा नेपालीलाई खुवाउन पुग्ने अन्नको भण्डार, मलिलो र उर्वर तराई हामीसँग मात्र छ । हामीसँग यस्तो अरु सम्पत्ति कति हो कति छ जुन यहाँ सम्झेर नै साध्य छैनन्, अनि कसरी भनूँ नेपाल र नेपाली गरिब छौँ भनेर ?
वास्तवमा संसारका कुनै पनि देश गरिब छैनन् । गरिब छ त केवल उनीहरुको व्यवस्थापकीय क्षमता र इमान्दारितामा । हामी गरिब भएको प्रचार जति भयो, यसले मानसिक रुपमा हामीलाई निकै नोक्सान ग¥यो । यो भन्दा ठूलो नोक्सान हामी बेईमान पनि छौँ भन्ने कुराको प्रचारले भैरहेको छ । कुरा धेरै अघिको हो, हाम्रो देशमा गएको बाढीपहिरो पीडितका लागि जापानी सरकारले राहत सामाग्री हस्तान्तरण ग¥र्यो । सोही समारोहमा नेपालका लागि जापानी राजदुतले भन्नुभयो यो सामान पीडितहरुसम्म पुगिदेओस्। महामहिम राजदुतले किन यस्तो भन्नुप¥र्याे ? किनकि जापान सरकाले दिएका कम्बल अवश्य लोभलाग्दा र राम्रा छन् । अब ति कम्बलहरु काठमाडौँको ठूला घरहरुको शोभा बन्नेछन् र त्यतिकै संख्यामा ती कम्बलहरु पीडिहरुसम्म पुग्न सक्ने सम्भावना न्यून छ । भर्खरै एउटा टेलिभिजन कार्यक्रममा एकजना व्यक्ति जसले बस दुर्घटनामा आफ्ना परिवारका सदस्यहरुलाई गुमाएका छन्, उनले भने मेरी आमालाई रु. सोह्र हजार लेखिएको कागजमा सही छाप गर्न लगाएर रु दश हजार मात्र दिईयो ।हामी यो हदसम्मको बेईमान भैसक्यौँ, त्यसैकारण हामीलाई सघाउन चाहने विदेशीहरुले पनि आज आँैलो ठडएर खबरदारी गर्न थालिसकेका छन् । यो हाम्रो राष्ट्रका लागि लाजमर्दो र खतरनाक कुरो हो ।
हामी यति परनिर्भर हुन लाग्यौँ कि हामीसँग भएका स्रोत साधनको प्रयोग र व्यवस्थापकीय क्षमताको विकास गर्ने नीतिनिर्माता र कर्ताहरुले सोच्न पनि छाड्छौँ भन्ने स्थिती आईपरेको छ । । एउटा सानो उदाहरण ःचोभार स्थित रहेको हिमाल सिमेन्ट कम्पनी चिन र जर्मन सरकारको सहयोगमा बनेको थियो वि.स. २०२३ मा । केही वर्षयता सो कम्पनी बन्द गरिएको छ । करिव १२ रोपनीमा फैलिएको उक्त कम्पनीको जग्गामा हजारौँ ठुलाठुला रुखहरु छन् । तर आज लाखौँ क्युविक फिट काठ सडेर माटो भयो र लाखौँ रुखहरु विभिन्न कारणले ढालियो । हामी नेपाली आफैले त केही गर्न सकेनौँ तर विदेशीको सहयोगमा बनिएको कम्पनी पनि चलाउन सक्षम भएनौँ । राजनैतिक पार्टी र अन्तराष्ट्रिय दवावका कारण सो कम्पनी बन्द भएको स्थानिय बासिन्दा कमला कार्की बताउँछिन् । यो करोडौँ पर्ने राष्ट्रिय सम्पत्ति नष्ट भै माटोमा मिल्नुको पछाडी हाम्रो बेईमानीपन र असक्षमता दुवै कारण सक्रिय छ ।
हाम्रो बेइमानी र असक्षमताको यी केही नमुना मात्र हुन् । जसरी भाडाँभरीको भात पाके नपाकेको थाहा पाउन एक दुई सीता छामेपुग्छ, त्यसैगरी हाम्रो गरिबीको कारण हाम्रो व्यवस्थापकिय असक्षमता र हाम्रो बेईमानीपन सवैभन्दा बढी जिम्मेवार रहेको छ । साँचो अर्थमा हामी गरिब छैनौ, हाम्रो चिन्तन र कार्यशैली मात्र गरिब छ ।
लेखिका राजधानीको एक कलेजमा आमसञ्चार तथा पत्रकारिता विषयमा अध्ययनरत छिन् । 


1 comment:

  1. This artical is really very appreciable.I totally agree with the writer point of view.Actually,we are not poor but made poor with our idiotic thinking and no doubt,also the lack of good governance and policies and much more.In fact, we have immense of natural resources and cultural heritage which is incredible but than we don't try to investigate and explore,so that we can make full utilization of it rather,we love to be poor people of of poor country.
    In the success of every developing country lies the hard work,dedication, faithfulness of the populace towards their country. I beat,the days are not so far for singing song of glory by our generation if we take initiative and join hands together to make our country pride.

    ReplyDelete

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...