रविन भट्टर्राई
ताप्लेजुङ, १६ माघ\ हिमाली संरक्ष्ँण मञ्च ताप्लेजुङले रेडपान्डा सम्वन्धि विशेषज्ञ, मावि तथा पाविका शिक्षकलाइ भेला गरि ६८ सालबाट लागु हुने गरी रेडपान्डा सम्वन्धि पाठ्यक्रम तयारी गरेको छ । बिश्व सम्पदा सूचिमा सूचिक्रित रेडपाण्डा पाइने क्षेत्रका सामुदायिक वन क्षेत्र तथा आसपासका बिद्यालयमा पढाइहुने भएको छ ।
जिल्लाका फावाखोला,कालिखोला, सुरुमखिम, याम्फुदिन, तिरिङ्गे, फुरुम्वु, तापेथोक, लेलेप, ओलाङचुङगोला लगायतका २७ वटा बिद्यालयका शिक्षक र रेडपाण्डा नेर्टवर्कका भवानी दाहाल लगायत सरोकारवालाको सहभागिता रहेको थियो । हिमाली संरक्षण मञ्चको सहजिकरणमा तयार पारिएको पाठ्यक्रममा चित्र, खेल, कविता, पाठ लगायतका विषयवस्तु समेटिएका छन ।
साथै वासस्थान, वानिव्यहोरा, प्रमुख आहार, मौषमी आहार, आयु, जीवन अवधि, सन्तान उत्पादन, सहवास र प्रजनन जस्ता बिषयपनि पाठ्यक्रममा समेटिएको कार्यक्रम संयोजक रमेश राइले वताए । दुर्लभ रेडपाण्डाको संरक्षण गर्न सके पर्यटन प्रबद्धन गर्न सकिने भएकोले विद्यार्थीमा रेडपाण्डाको वारेमा चेतना भएमा यसको महत्व र संरक्ष्ँणमा समेत प्रभावकारी हुन हुदो पाठ्यक्रम लागु गरिने वताउनुभयो ।
नेपाल, सिक्किम,वर्मा, दक्षिण चिन, आदी देसमा पाइने यो प्राणी नेपालका लाङटाङ, सगरमाथा, कञ्चनजंघा, मकालु जस्ता संरक्षण क्षेत्रमा पाइन्छ । स्तनधारी प्राणिहरुमध्ये जीवशास्त्र अर्न्तर्गत रहेको यो प्राणी राष्टिय निकुञ्ज तथा वन्यजनतु संरक्षण ऐन २०२९ अर्न्तर्गत अनुसूची १ मा सुचिकृत गरिएको छ । हालसम्म नेपालमै एक पटक लाङटाङमा अध्ययन भएको यसको संख्या एक सय ५४ देखि तीन सय ५४ रहेको हुनसक्ने अनुमान गरिएको छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...