नेपालमै दोस्रो अपाङ्ग आवसीय विद्यालय मेचीनगरमा

पत्रकार सम्मेलनका जानकारी दिँदै समाज सेवा युवा सुधार संघका अध्यक्ष घिमिरेका (दायाँ) साथमा उपाध्यक्ष । 

अनलाईन व्युरो 
मेचीनगर माघ १६/झापाको मेचीनगरमा सुस्त मनस्थिती भएका अपाङ्ग र अति अशक्त अपाङ्गहरुको आवास सहितको विद्यालय तथा पुनःस्थापना केन्द्र सञ्चालन हुने भएको छ ।
समाज सेवा युवा सुधार संघ अपाङ्ग समितिको नवनिर्मित भवन । तस्विर प्रकाश पौडेल मेचीनगरअनलाईन

“समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समिति” झापाले १ वर्ष अघि सुरु गरेको सो पुनःस्थापना केन्द्रको भवन निर्माण कार्यको अन्तिम चरणमा पुगे लगत्तै गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष धर्मराज घिमिरेले भने –अपाङ्गको लागि अपाङ्गहरुद्धारा नै सञ्चालित यस पुनःस्थापना केन्द्र पूवाञ्चलकै एकमात्र केन्द्र हो । यसअघि बुटवलमा पुनःस्थाना केन्द्रको सञ्चालन भैसकेको छ । जिल्ला विकास समिति झापा, मेचीनगर नगरपालिका, मेची उद्योग वाणिज्य संघ, स्थानीय उद्यमी तथा समाजसेवीहरुको २५ लाख सहयोगमा निर्माण कार्य सुरु गरिएको पुर्नस्थापना केन्द्रलाई थप २ तलाको लागि जापानी राजदुतावासको २५ लाख सहयोग प्राप्त भएको थियो । स्थानीय समाजसेवी राधीका घिमिरेले मेचीनगर १२ इटाभट्टामा १० धुर जग्गा सहयोग गरेकी थिईन भने बाँकी ५ कठ्ठा जमिन समितिले आफै खरिद गरेको थियो । 
पुनःस्थापना केन्द्र सञ्चालनको निम्ति यहि फाल्गनु ३ गतेदेखि ८ गतेसम्म श्रीमतभागवत सप्ताह महायज्ञ पुराणको समेत सञ्चालन गरिन लागेको छ । २ करोड उठाउने लक्ष्य राखिएको पुराणलाई विश्वप्रकास र राज्यप्रकाश शर्माद्धारा आजै ५० हजार दिने घोषणा गरेका छन् । पूराण सम्पन्न गर्नको लागि समितिका अध्यक्ष धर्मराज घिमिरको सयोजकत्वमा ३०१ जना सदस्य चयन गरिएको समेत सोही पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो ।   

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...