हिलोका बीचबाट कमल फुलेझैं नेपाली क्रान्ति फुल्ने- प्रचण्ड

काठमाडौं/ एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौताको बाटोबाट शान्तिपूर्ण राजनीतिमा आउँदा आफ्नो पार्टीको अनुहारमासमेत हिलो छ्यापिएको दाबी गरेका छन् । 

माओवादी उपाध्यक्ष मोहन वैद्य किरणद्वारा लिखित माक्स्रवादी दर्शन नामक पुस्तक माघ १५ गते राजधानीमा विमोचन गर्दै दाहालले यस्तो धारणा राखेका हुन् ।

अनुहारमा हिलो छ्यापिए पनि यही हिलोका बीचबाट कमल फुल्छ भन्ने बुझेर आफूहरु हिलोबाटै कमल फुल्छ भन्ने मान्यता स्थापित गरेर नेपाली क्रान्ति विजयको शिखरमा पुग्ने उनको भनाई छ । विश्व कम्युनिस्ट क्रान्तिले देखाएको पुरानै बाटोबाट हिँडेको भए पार्टी पूरै परास्त र पूरै विजयी हुनसक्ने स्थिति थियो भन्दै अध्यक्ष प्रचण्डले तत्कालीन अवस्थामा निष्कर्ष निकालेर नै अहिलेको बाटोमा आएको उल्लेख गरे ।

पुस्तकमाथि टिप्पणी गर्दै अर्का उपाध्यक्ष डा। बाबुराम भट्टराईले माक्स्र र लेनिनको पालामासमेत दर्शनका विषयमा खुला छलफल हुने गरेको प्रसङ्ग कोट्याए । पार्टीभित्र विभिन्न बहस हुनुलाई स्वाभाविक रुपमा लिनुपर्ने उनको तर्क थियो । पुस्तकमाथि वरिष्ठ साहित्यकार एवम् लेखक खगेन्द्र संग्रौलाले टिप्पणी गरको थिए ।

वैद्य राजनीतिकज्ञ मात्रै होइन माक्स्रवादी दर्शन र सौन्दर्य चिन्तक रुपमासमेत परिचित छन् । साहित्यिक नाम चैतन्य रहेका वैद्यका यसअघि लाहुरेको रहर खण्डकाव्य २०३७, माक्स्रवादी कलादृष्टि र समीक्षा २०५४, सङ्घर्षको दर्शन २०६०, नेपाली समाज र सँस्कृति २०६१, क्रान्ति र सौन्दर्य २०६४, समीक्षा र सौन्दर्य २०६५ तथा माक्स्रवाद र सँस्कृति २०६६ नामक माक्स्रवादी दर्शनशास्त्र र सौन्दर्यचिन्तनसँग सम्बन्धित पुस्तक प्रकाशित छन् । @ Usnepalonline.

Sitaram Baral From Kathmandu

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...