क्वालालम्पुर । मलेसियास्थित नेपाली राजदूतावासले नेपाली कामदारका आचरणबारे धेरै प्रश्न उठेको भन्दै सभ्य ब्यबहार प्रर्दशन गर्न नेपाली कामदारलाई अनुरोध गरेको छ ।
शुक्रबार दूतावासले एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपाली कामदारका केही आचरणले दूतावासको गम्भीर ध्यानाकर्षण गराएको भन्दै त्यस्ता कार्यमा साबधानी अपनाउन मलेसियामा रहेका सम्पूर्ण नेपाली कामदारलाई अनुरोध गरेको छ ।
बिज्ञप्तिमा भनिएको छ- बैदेशिक रोजगारीको शिलशिलामा मलेशियामा आएका नेपाली दाजुभाई तथा दिदी बहिनीहरु कार्यरत विभिन्न कम्पनीहरुको कार्य थलो एवं आवास गृह -होस्टल) का साथै नेपाली बन्दीहरु रहेका विभिन्न जेल तथा डिटेन्सन क्याम्पहरुमा यस राजदूतावासले बेलाबेलामा स्थलगत भ्रमण तथा अनुगमन गरी जानकारी लिने कार्य आएको छ ।
यस प्रकारको भ्रमणका क्रममा रोजगारदाता र नेपाली कामदार बिचको गतिविधिका बारेमा छलफल हुने क्रममा धेरैजसो कम्पनी व्यवस्थापन तथा कम्पनीका प्रतिनीधिहरुले नेपाली कामदारहरुको काम लगनशिलता, इमान्दारिता एवं उनीहरुको जीवनशैलीबाट ज्यादै प्रभावित भएको जस्ता सकारात्मक टिप्पणी गर्ने गरेका छन् । जसका काराण हाम्रो छााती गर्वले फूल्दछ । तर यदाकदा केही नेपाली कामदारहरुले अनुशासित भएर नबस्ने, आफू र आफू बसेको ठाउमा सरसफाईमा ध्यान नदिने, धुम्रपान गर्ने तथा जथाभावी थुक्ने, मादक पदार्थ सेवन गर्ने, छिमेकीलाई असर पुग्ने गरी होहल्ला गर्ने र नेपाली नेपाली बिचनै आपसी झै झगडा गर्ने जस्ता) अपि्रय व्यवहार गर्ने पक्षलाई औंल्याउने पनि गरेका छन् । यस्तो पक्षको जानकारी प्राप्त हुनु नेपालीको लागि दुःखको विषय बन्न पुगेको र दूतावासको गम्भिर ध्यानाकार्षण समेत भएको छ ।
यसै सन्दर्भमा परिश्रमी, कर्मशील, अशल, इमान्दार, मेहनती, अनुशासित र मिलनशार जस्ता शब्द भूषण दिएर एक शुन्दर इतिहास र किर्तीमान कायम गराएका पूर्खाको सम्मानका खातिर, आफू र आफ्ना सन्ततीको शुन्दर एवं सवल भविष्यका लागि तथा आगामी नयाँपुस्ताकालागि अनुशरणयोग्य वर्तमान तथा भविष्य निर्माण गर्नका लागि मलेशियाका जुन सुकै स्थानमा रहेर आआफ्ना कार्यक्षेत्रमा सक्रिय रहनु हुने सम्पूर्ण नेपाली दाुजु भाई तथा दिदी बहिनीहरुले निम्नानुसारको आचारण र व्यवहार गरी र गराई सभ्यताको परिचय दिनु हुनका लागि नेपाली राजदूतावास मलेशिया हार्दिक अनुरोध गर्दछ ।
१. मादक पदार्थ सेवन गरी कार्यस्थल भित्र वा वाहिर घटना दूर्घटना हुन गै तपाईको अङ्ग भङ्ग भएमा वा मुत्यू भएमा कुनै किसीमको उपचार तथा क्षतिपूर्ति नपाईने एवं सहयोग गर्न नसकिने अवस्था रहने हुनाले मादक पदार्थ -रक्शी, वियर, वा अन्य अल्कोहलजन्य तरल पिय पदार्थ) खाने तथा खुवाउने कार्य नगर्ने ।
२. समूहमा रहँदा एवं सार्वजनिक स्थानहरुमा धुम्रपान -चुरोट तथा सूर्तीजन्य सामाग्री) सेवन नगर्ने
३ आफू बस्ने ठाउ र वरपरको दैनिक सरसफाई आफैले गर्ने र अरुलाईपनि सरसफाई गर्ने गराउन प्रोत्साहन -हौसला) गर्ने । साथै चर्को स्वरमा आवाज गर्दा छरछिमेकमा नराम्रो असर पर्ने हुँदा एक अर्कासंग कुरा गर्दा यस कुराको ख्याल गर्नु होला ।
४ सधै सवैलाई सम्मान गरी आफूपनि सबैबाट सम्मानित हुन प्रयासरत रहने ।
५ महिला तथा असहायहरु -विशेषगरी नेपालीहरु) लाई तपाईंले जाने बुझेम्मको जानकारी सहित सक्दो सहयोग गर्ने बानी बसाल्ने ।
६. कार्यस्थलमा अनुशासित भै काम गर्ने गराउने वातावरण बनाउने शुरुआत आफै नमूना बनेर देखाउनुहोस् ।
७. तपाईको सद्व्यवहार र सद्आचरणनै विदेशी भूमिमा सिंङ्गो नेपालको परिचय भएकाले आफ्नो जिम्मेवारी महशुस गर्नु भै नेपाल र नेपालीको इज्जतको बढोत्तरी गर्ने कार्य आरम्भ गर्नु होस् ।
८ रोजगारदाता वा रोजगार प्रतिनिधी -एजेण्ट) ले तपाईलाई दिने सेवा वापतको सुविधामा चित्त नबुझेमा वा आफू अन्यायमा परेको भन्ने लागेमा कम्पनी छाडेर हिड्नुको सटृा नेपाली राजदूतावास मलेशियामा लिखित रुपमा आफ्ना समस्याहरु राख्दै समाधानका बाटो खोज्नुहोला । हामी तपाईलाई सहयोग गर्नेछौं । यदि तपाईले कम्पनी छाडेर हिड्नु भयो भने तपाई कानूनी रुपमा अशुरक्षित हुन पुग्नुहुन्छ जसका कारण जुनै बेला तपाई मलेशियन प्रहरीको पक्राऊमा पर्न सक्नु हुनेछ ।
९. विभिन्न कारणले तपाई मलेशियन प्रहरीको पक्राउमा पर्नु भयो भनेपनि तपाईले आफ्नो सही परिचय -नाम थर, स्थायी घर ठेगाना, नेपालमा तपाईको नजिकको नातेदार वा मलेशियामा तपाईंको सम्पर्क व्यक्ति, नेपाली राहदानी नम्बर तथा सम्भव भएमा तपाईंले काम गरेको कम्पनीको नाम र ठेगाना) दिन नभुल्नु होला । तपाईको सहि परिचयले नै हामीलाई तपाईको खोजी गर्न तथा समयमा उद्धार गर्न सहयोग पुर्याउने छ ।
१० तपाईलाई कुनैपनि विषय वस्तुको बारेमा वा तपाईलाई मिलेका जानकारीको बारेमा भ्रम भएमा वा आशंका लागेमा शंका मेटाउन वा यथार्थ बझ्न तथा अथवा कुनैपनि नेपाली दाजु भाई तथा दिदी वहिनीको समस्याको समाधान गर्नकालागि नेपाली राजदूतावास मलेशियाको सम्पर्क फोन नं. ०३ २१६४ ५९३४ /०३ २१६४ ९६५३ मा फोन गरी सहयोग गर्नुहोला ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...