फ्रुटी जुसमा किरा


अनलाईन व्युरो । मेचीनगर । 
मेचीनगर १ धुलावारी स्थित एक किराना पसलमा विक्रि गर्न राखिएको फ्रुटीमा किरा भेटिएको छ । भारतको पश्चिम बंगाल स्थित साईन्स सिटी भ्रमणपछि फर्किएका विद्यार्थीले पौडेल किराना पसल बाट आज दिउँसो ४ः३० बजे एक कार्टुन फ्रुटी किनि खान खोज्दा फ्रुटीको प्याकेटबाट जुका बाहिर निस्किएको हो ।
हेटौडाको मकवानपुरका शान्ति बहिरा तथा सुस्त माविका विद्यार्थीहरुले जुका भेटिएपछि तत्काल इलाका प्रहरी कार्यालय धुलावारीमा जानकारी गराएका थिए । डावर पु्रmट वेवरेज प्रा.ली काठमाडौंले उत्पादन गरेको डावर फ्रुटी म्याङगो जुसको रजिष्टे«सन नं. २२६९/०४२ रहेको छ । सो फ्रुटीको अन्तिम म्याद २०१० नोभेम्वरमा समाप्त भैसकेको भए पनि अझै निर्वाध रुपमा विक्रि वितरण हुँदै आएको भेटिएको छ । 
इलाका प्रहरी कार्यालय धुलावारीका सहायक प्रहरी निरीक्षक पुष्प कुमार गेलालका अनुसार पौडेल किराना पसलमा राखिएको अन्य फ्रुटी प्याकेट बाहिर निकाली छानविन गर्दा अरु पेय पदार्थमा पनि लेदो भेटिएको छ । 
उत्पादित मितिबाट ९ महिना भित्रमा उपभोग गरिसक्नुपर्ने प्रावधान रहेपनि नेपालमा सो प्रावधान लागू हुन सकेको देखिदैन । १ वर्ष अघि झापाकै विर्तामोडमा रहेको चौतारी होटलमा फ्रुटी खाँदा स्थानीय विजय केरुङले जुका भेटेका थिए तर यसलाई सामान्य रुपमा लिईदा घटना दोहोरिरहेको छ । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...