बिष्णुप्रसाद पोखरेल/गौरीगन्ज
दमक माघ १५ झापाको दमकमा एक साथ लोपन्मुख जाती र अन्य एक्काइसवटा जनजातीहरुको मौलिक कला तथा उनिहरुको पहिचान अवलोकन गर्न पाइने भएको छ ।
पुर्वी नेपालमा नै धेरै जातजाती बसोबास रहेको भनिएको झापा जिल्लामा एकै ठाँउमा यति धेरै जातजातीको मौलिक पहिचान र संस्कृतिको प्रदर्शनी हुन लागेको यो पहिलो हो ।
पर्यटन बर्ष २०११ लाइ प्रबद्र्धन गर्ने उदेश्यले झापाको दमकमा आइतबार देखि शुरु हुन लागेको धिमाल एबं आदिबासि जनजाती महोत्सबको आकर्षण भनेकै यहि नै रहने बताइएको छ ।
महोत्सब मुल आयोजक समितिका अध्यक्ष रामबहादुर धिमालका अनुसार झापामा रहेका सबै जनजातीको सहभागीतामा पहिलो पटक आदिबासि महोत्सब हुन लागेकोले सबै जातीहरुको मौलिक संस्कृतिको झलक यहाँ देखाउने तयारी गरीएको हो ।
![]() |
| महोत्सब स्थलमा तयार बनाउदै गरीएको दुइ घर । |
धिमाल,सन्थाल,राइ ,लिम्बु,मगर राजबंशी,ताजपुरीया लगायतका आदिबासि जनजाती र मेचे,मुण्डा लगायतका लोपन्मुख जातीको मौलिक संस्कृति झल्कने स्टलहरुमात्र रहने छैनन उनिहरुको बसोबास समेत झल्काउने तयारी भएको जनाइएको छ ।
माघ १६ गते उदघाटन कार्यक्रममा एक साथ एक्काइसवटा जातजाती र उनिहरुका लोपन्मुख संस्कृति बोकेका नृत्यहरु एक साथ साझा रुपमा देखाइने तयारी भएको छ ।
दमक ११ पुर्व बस स्टेण्ड नजिकै रहेको महोत्सब स्थलमा २१ वटा जातजातीका मौलिक घरहरु निर्माण गरीएका छन ।
बाँस र खरको प्रयोग गरेर बनाइएका यी मौलीक घरहरुमा प्रतेक जाती अनुसारका मौलिक संस्कृति झल्कने बाजागाँजा देखि लिएर उनिहरुले दैनिक जीबनमा प्रयोग गर्ने साधन सम्म राखिने भएकाले एक्काइस वटा जातीको अस्थाइ मिनि संग्राहलयको रुपमा यसलाइ हेरीएको छ ।
महोत्सब सस्कृति बिभाग प्रमुख गणेश धिमालका अनुसार महोत्सबमा आएका दर्शकले यहाँ निर्माण गरीएका मौलिक घरहरुमा पुगेपछि जो कोहिले पनि संग्रालयमा गएर फर्किएको अनुभुत गर्ने र इतिहासमा पढिएका कुराहरु यहाँ प्रत्यक्ष देख्न र अनुभुत गर्न पाउने छन ।
परम्परागत भेषभुषामा सजिएका सम्बन्धित जातीका महिला तथा पुरुषहरुले उनिहरुले जाती अनुसारको परम्परागत पकवान समेत ख्वाउने छन ।
यसले गर्दा महोत्सब स्थल प्रवेश गर्नेले एक साथ एकै दिन एक्काइसवटा जातजातीहरुले प्रयोग गर्ने मौलिक परिकारको समेत स्वाद लिने अवसर पाउने र यो सम्भवत पुर्वमा नै पहिलो पटक भएको धिमाल दाबी गर्नु हुन्छ ।
महोत्सवलाई ब्यापारको दृष्टिले नहेरीएको र बिभिन्न जातजातीको मौलिक संस्कृतिको प्रबद्धृन गर्ने उदेश्य रहेकोले महोत्सब स्थल आदिबासि जनजातीमय हुने महोत्सबको सहआयोजक दमक नगरापलीकाका कार्यकारी अधिकृत पुशुपति खतिवडा बताउनु हुन्छ ।
प्रत्येक बर्ष ब्यापारीक प्रयोजनका लागी दमकमा महोत्सब लागेको र यो बर्ष भने एकै साथ धेरै जातजातीको एकै ठाँउमा परम्परागत कला संस्कृति र पहिचाज हेर्न पाइने बातबरण सिर्जना भएको दमक उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाइ बताउनु हुन्छ ।



No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...