न्यूज फ्लोअप प्रथम मेची ब्याडमिन्टन प्रतियोगिता २०६७


एपीएफका रत्नजित र विशाल फाईनलमा प्रवेश
काकडभिट्टा, माघ १५, शनिबार ।
नेपाल ब्याडमिन्टन संघको सहयोग तथा मेची ब्याडमिन्टन क्लबको आयोजनामा माघ १४ गते देखि संचालित पूर्वाञ्चलस्तरीय प्रथम मेची ब्याडमिन्टन प्रतियोगिता २०६७ को दोश्रो दिन शनिबार सम्पन्न सेमिफाईनल खेलमा पुरुष एकलतर्फ एपीएफ, मेचीका रत्नजित तामाड्ड फाइनलमा प्रवेश गरेका छन् । उनले सुनसरीका सूर्य श्रेष्ठलाई २१–१३ र २१–११ को अन्तरले सहजै पाखा लगाए । अर्को खेलमा सोही क्लबका विशाल प्रधानले भोजपुरका विवेक श्रेष्ठमाथी २१–१५, १७–२१ र २१–१४को संघर्षपूर्ण जित हात पार्दै फाइनलको यात्रा तय गरे ।

शनिबारै सम्पन्न भेट्रान्स डबल तर्फको खेलमा सुनसरीका चन्द्रशेखर लामा र पुष्प ताम्राकारको जोडी पाचथरका महेन्द्र थामसुहाड्ड र ईन्द्र लिम्वुको जोडी संग फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । लामा र ताम्राकारको जोडीले विर्तामोडका संजय भक्तराज र गंगा फेदापेको जाडीमाथी २२–२० र २१–१२ र थामसुहाड्ड र लिम्वुको जोडीले आयोजक मेची क्लबका सुशिल कुमार थापा र सोमराज ढकालको जोडीलाई २१–१४ र २१–१४को सहज विजय प्राप्त गर्दै फाईनलमा प्रवेश गरेका हुन् ।
पुरुष युगलको खेलमा एपीएफ क्लब, मेचीका विशाल प्रधान र रत्नजित तामाड्डको जोडीले रिटायर्ड हर्टको आधारमा सुनसरीका चन्द्रशेखर लामा र पुष्प ताम्राकारमाथी जित दर्ता गर्दै फाइनलमा ओखलढुड्डा र भोजपुरका राम राई र रोशन राईको जोडी संग प्रतिस्पर्धा गर्ने भएका छन् । राईको जोडीले सुनसरीका प्रतिक श्रेष्ठ र सूर्य श्रेष्ठको जोडी माथी १८–२१, २१–९ र २१–१९ को संघर्षपूर्ण जित दर्ता गरे ।
मेची ब्याडमिन्टन क्लबको आफ्नै राष्ट्रिय स्तरको कभर्ड हलमा संचालित प्रतियोगितामा पुरुष एकलमा ३०, पुरुष जोडीमा ४३ र भेट्रान तर्फ १४ टीम गरी कुल ८७ टोलीको सहभागीता रहेको छ । 
तीन दिन सम्म संचालन हुने प्रतियोगितामा पूर्वाञ्चलका ९ जिल्ला, एक विभागीय एपीएफ क्लब र आयोजक मेची ब्याडमिन्टन क्लब सहित ८ क्लबको सहभागीता रहेको थियो ।
प्रतियोगिताको फाईनल खेल माघ १६ गते आईतबार ३ बजे सम्पन्न हुनेछ ।
Image Courtesy:- Mechinagar Jhapali 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...