पाँचथर - जिल्लाको सुभाङ र छातेढुंगा जोड्ने तमोर नदीको सिटौला पुल जीर्ण बनेको छ । १५ वर्षदेखि मर्मतसम्भार नभएकाले त्यहाँको झोलुंगे पुल जीर्ण बनेपछि स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
१९८४ सालमा संक्रान्तिका गंगाप्रसाद सिटौलाले आफ्नो व्यक्तिगत लगानीमा बनाएको एक सय २८ मिटर लामो पुल मर्मत अभावमा जीर्ण बनेको हो । विगतमा सोही परिवारले पुलको मर्मत गर्दै आएकोमा उनी तराई झरेपछि १५ वर्षयता मर्मत हुन सकेको छैन ।
छातेढुंगाका कमल राईले लामो समयदेखि स्थानीयले प्रयोग गर्दै आएको पुल जीर्ण भइसक्दा पनि जिविस र गाविसले ध्यान पुर्याउन नसकेको बताए । पाँचथर तथा तेह्रथुम र ताप्लेजुङका गाउँ आउजाउ गर्ने बासिन्दाले यो पुल प्रयोग गर्छन् ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...