छैंठौ भेन्चरसम्म आइपुग्दा हिरो भुवन केसीले के-के मात्र गरेनन् ? स्क्रिप्ट लेख्नेबाहेक सिनेमा निर्माणका सबै प्रक्रीयामा हात हाले । अब भने यी अभिनेतालाई सिनेमा लेख्ने रहर जागेको छ । प्रस्तावित सातौ प्रोजेक्टको स्क्रिप्ट आफै लेख्ने घोषणा गरेका छन् भुवनले । 'सिनेमा निर्माणका सबै चरणमा सहभागि भएँ' भन्छन् 'अबको प्रोजेक्टको स्क्रिप्ट भने आफै लेख्छु । के लेख्ने भनेर सोचिपनि सकेको छु ।'फ्यामिली अफेयरका कारण निर्माणाधिन प्रोजेक्ट सक्नै हम्मे भैरहेको बेला भुवनलाई अर्को सिनेमाको बनाउने मुड सवार भएको छ । 'मलाई थाहा छ दर्शकले भुवनबाट के चाहन्छन् र कस्तो भूमिकामा मलाई आत्मसात गर्छन्' चलचित्र 'तुलसी'को एक गीतको सुटिङमा व्यस्त भुवनले मेरोसिनेमासँग भने 'अरुलाई लेख्न नभनिकन अब आफै फिल्म लेख्ने, फिल्म लेख्ने धोको चाहिँ किन अधुरो छाड्ने ?' हुनपनि अभिनयमात्र होइन भुवनका सबै भूमिकालाई दर्शकले रुचाएका छन् ।
फिल्म लेखनबाहेक छोरा अनमोललाई अझै दुइवर्ष सिनेमामा आउन नदिने बताए उनले । 'उसलाई चाँडै लिड भूमिकामा प्रस्तुत गर्ने योजना त छ तर दुइवर्षसम्म यतातिर सोचेको छैन' हालै राप्रपाबाट एमालेमा प्रवेश गरेका अभिनेता भन्छन् 'उसले अबको समय पढाइमा ध्यान केन्द्रित गर्नुपर्नेछ जसका लागि अझै दुइवर्ष लाग्छ ।' पत्नीबारे सोध्दा भुवनको जवाफ छ -नो क्वेस्चन !

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...