इनरुवा/ सुनसरीका सरकारी कार्यालयहरुका सार्वजनिक चर्पी उचित सरसफाईको अभावका कारण प्रयोगविहीन बनेका छन् ।
धेरैको आवत–जावत हुने सरकारी अड्डाहरुमा नियमित सरसफाई हुने भनिए पनि बेवास्ताका कारण जिल्लाका एक दर्जन कार्यालयका चर्पी प्रयोगविहीन छन् ।
चर्पीहरु प्रयोगविहीन बनेकाले कार्यालयपरिसर अव्यवस्थित तरिकाबाट गरिने दिसा–पिसाबले दुर्गन्धित बनेका छन् । जिल्लाका प्रमुख अड्डा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, नापी कार्यालय, भूमिसुधार, मालपोत कार्यालयलगायतका चर्पीहरु प्रयोगविहीन भएका हुन् ।
इटहरी मात्र होईन झापाको मेचीनगर ३ धुलावारी मोडमा रहेको सार्वजनिक शौचालयको अवस्था पनि प्रयोग विहिन भएको छ भने मेचीनगर १० काँकडभिट्टामा रहेको अर्को सार्वजनिक शौचालयको अवस्था पनि नाजुक छ । धुलावारीमोडमा रहेको शौचालयको वरिपरि नै मानिसहरुले शौच गर्दै गरेको भेटिनु कुनै नौलो कुरा हैन ।
झापाकै कुरा गर्दा नगरोन्मुख शहर विर्तामोड सार्वजनिक शौचालय नभएको अवस्थामा भएका शौचालयपनि प्रयोगविहिन बन्दा यसको मुख्य दोषि को त ?


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...