कोशी ब्यारेजका सबै ढोका बन्द

भारत बिहारको जल संशोधन मन्त्रालयको निर्देशनमा आजदेखि कोसी ब्यारेजको सम्पूर्ण ढोकाहरू बन्द गरिँदा सप्तरी र सुनसरीको कोसी व्यारेजस्थित नेपाली भू-भाग डुबानमा परेको छ।
ब्यारेजको ढोका बन्द हुँदा पानी बग्न नसकेपछि कोसी व्यारेजको पूर्वपट्टीको भू-भाग डुबानमा परेको छ। पानी नियमित रुपले बग्न नसकेपछि कोसीको पूर्व-उत्तरको जमिनमा लगाएको सयौं बिगाहाको गहुँबाली डुबानमा परेको त्यहाँका किसानले बताएका छन्।
भारत सरकारले निर्माण गरिरहेको राष्ट्रिय राजमार्गअन्तर्गत बिहारको भटिनियामा कोसी नदीमा निर्माण भइरहेको पुल ढलानका लागि आजदेखि सम्पूर्ण ढोका बन्द गरिएको हो।
माथिको आदेशबमोजिम भोलिसम्म ढोकाहरू बन्द गरिने कोसी व्यारेज नियन्त्रण कक्षका कर्मचारीले बताएका छन्। 

रासस

1 comment:

  1. yo hamro neta namileko phaida liyako ho dhikar 6 hamra neta harulai afnudesma aruko shasan jaba samma hamra neta haruko ghar dubdaina tabsamma chup chap nai bas6hola

    ReplyDelete

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...