भक्तपुर, माघ १५-भक्तपुर नगरपालिकाले नेपाल पर्यटन वर्ष २०११ मा भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्न आउने पर्यटकलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ।विश्व सम्पदा सूची रहेको भक्तपुर दरबार क्षेत्र घुम्न आउने पर्यटकको सुविधालाई ध्यानमा राखी निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले बताए।
पर्यटन सूचना केन्द्रका लासिवाले नगरपालिकाले भक्तपुरका विभिन्न नाकामा सुविधा सम्पन्न सूचना केन्द्र तथा निःशुल्क इन्टरनेट सेवालगायतका सुविधा राखिएको लासिवाले बताए।
भक्तपुरको कला, संस्कृति र नाचगानबारे जानकारी गराउने पुस्तिका र भक्तपुरको बारेमा आवश्यक जानकारी दिन केन्द्रमा दुई कर्मचारी समेत राखिएका छन्।
नगर वरपर घुम्ने पर्यटकलाई दिसा, पिसाव गर्न तीन स्थानमा अन्तर्राष्ट्रियस्तरका शौचालय निर्माण गरेको, भक्तपुरको पाँचा खोलामा नयाँ पर्यटक बसपार्क, ठाउँठाउँमा सडक बत्ती बालेर राति हिड्ने पर्यटकलाई समेत सजिलो पारेको लासिवाले उल्लेख गरे।
भक्तपुरमा गतवर्ष पर्यटन शुल्कबाट करिब रु आठ करोड सङ्कलन गरेकोमा सो सङ्कलित रकम नगर सरसफाइ, सम्पदा संरक्षण र शिक्षाको क्षेत्रमा खर्च गरिंदै आएको छ।
नगरपालिकाले सरसफाइको लागि वार्षिक रु छ करोड र अन्यमा रु पाँच करोड खर्च हुने भएकाले सम्पदा संरक्षणलगायतका विकास निमार्णको लागि पर्यटक शुल्कमा वृद्धि गरिएको हो।
रासस


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...