मीन प्रकाश उप्रेती
द. कोरीया (सउल)
म गए है ! आमा भन्दा दीर्घायुको आशिष दिदै आँखाभरी आँसु बोकी बिदा गरेको छोराको बोली बिदेश प्रवेश गरेको चार महिना बित्न नपाउँदै सुन्न नपाइएला भन्ने कसले सोचेको होला र ? तर आज यो दुर्गतीको पिंडामा छिन दक्षिणकोरियामा कामका लागि आएका प्रमोद चन्द्र ओलीकी आमा ।
![]() |
| हस्पिटलको कोमामा रहेका झापा राजगढका प्रमुद चन्द ओली :- Image Courtesy:- Min Prakash Uprety |
झापा राजगढ ६ निबासी २६ बर्षीय प्रमोद चन्द्र ओली मजदुर भिषामा कोरिया प्रवेशकोलागि भाषा परीक्षा उतीर्ण हँुदा सारै खुशी थिए, अझ मेडिकल पास भएर कोरियाको लागी कम्पनिबाट नाम प्रकाशमा आए पछि त उनीमा हर्षको सीमानै रहेन तर, ति खुशीहरु कोरिया प्रवेश गरेको चार महिना बित्न नपाउंदै अचानक निराशामा परिणत भईदियो ।
धेरै पैसा कमाइ परिवारलाई सुखी राख्ने सपना बोकेर २०६६ साल मंसीर १ गते कोरिया प्रवेश गरेका ओली केहि महिना बित्न नपाउंदै सामान्य टाउको दुखेका कारण दुई दिन काममा जान सकेन्न । प्राथमिक औषधि उपचार हुँदा हँुदै उनि एक दिन अचानक बेहोस हुन पुगे पछि उनलाई कम्पनिको सहयोगमा स्थानीय युन्सेयुनिभर सिटि ओन्जु कृश्चियन हस्पिटलमा लगियो र बिराम के रहेछ भन्ने बारेमा अनुसन्धान सुरु भयो । करिब दस दिनको अनुसन्धान पछि थाहा भयो उनलाई जापानिज ईन्सिफलाईटिस भएको रहेछ । त्यतिबेला उनको दिमागले काम गर्न नसकेपछि सोहि हस्पिटलको कोमामा बेड नम्बर ६ मा मृत्यु र जिवनको दोसांधमा पुगिसकेका थिए र हाल ६ महिना बितिसक्दा पनि उनि सोहि हस्पिटलमा बेहोस अवस्थामानै रहेकाछन् ।
लामो समयसम्म बेहोस अवस्थामा रहेका ओली लाई कोरियामा गरिने बिमाबाट जम्मा खर्चको सत्तरी प्रतिशत रकम भुक्तानी पाउने भए पनि बाँकी ३० प्रतिशत रकम तिर्न ओलि सँंग नभएको कोरिया स्थित नेपाली दुताबासका उप–नियोग प्रमुख यादव खनालले बताएका छन । हाल सम्म ७ करोड कोरियन वन खर्च भईसकेको र त्यसको ३० प्रतिसत करिब एक करोड ५० लाख वन तिर्न दात्रिसंस्थाको खोजिमा रहेको खनालले जानकारी गराउँदै अगाडिभने आवश्यक सहयोगका लागी नेपाल स्थित परराष्ट्रलाई पत्रचार गरिसकेका छौ । उक्त पत्रको जबाफ हाल सम्म आएको छैन ।
अब कति समय सम्म हस्पिटलमा राख्नु पर्ने हो सोको जानकारि समेत नभएका कारण आर्थिक अवाब खड्किएको प्रमोद चन्द्रका दाजु मोहन ओलीले बताए । केहि दिन अघि आलीको उपचारमा आवश्यक आर्थीक जुटाउने पहलकालागी कोरिया स्थित नेपाली दुताबास , एन आर एन ,एन सि सि , ब्यपार संघ र झपा मिलन समाज कोरियाका प्रतिनिधिको बैठकले ओलीलाई आर्थिक सहयोग गर्न सबैलाई आवहन गरेको छ ।
कारियामा आएका नेपालीहरु यसरी लामो समय सम्म अचेत अवस्थामा रहेको यो पहिलो रेर्कड भएको कोरिया स्थित नेपाली दुताबासले जनाएको छ । ओलीको अवस्था बुझ्न निरन्तर हस्पिटलको सम्पर्कमा रहेका दुताबासका कर्मचारी दावा शेर्पाले दिएको जानकारी अनुसार ओलीको अवस्था सुस्त गतिमा सुधार हँुदै गएका कारण यति नै समय लाग्छ भनेर डाक्टरले बताउन सकेका छैनन् ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...