मेचीनगर फेरी शोकाकुल


झापाको दमकमा मोटरसाइकल दुर्घटनामा गएराती एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा मेचीनगर १० का ३५ वर्षीय सिद्धार्थ थापा मगर रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अर्न्तर्गत दमक १४ मा मे ३ प ६५६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि वसेका थापामगर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा लाइफ लाइन अस्पतालमा राति १२ वजे मृत्यु भएको इलाका ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ । मोटरसाइकल चालक मेचीनगर १० का नविन श्रेष्ठलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको दमक प्रहरीले जनाएको छ ।
"मेचीनगरका चर्चित व्यक्ति अरुण श्रेष्ठको दुर्घटनामा मृत्यु भएको केही समय नवित्दै काँकडभिट्टाका सिद्धाथ थापाको मृत्युको खबरले मेचीनगर पुरै स्तव्ध भएको छ । मेचीनगर अनलाईन शोक सन्तप्त परिवारप्रति धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भन्दै उहाँको आत्माको  चिरशान्तिको  कामना गर्दछ ।" 


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...